बागमतीले सुदूरपश्चिमलाई दियो २६७ रनको लक्ष्य, शुभ र आशुतोषको अर्धशतक

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा बागमतीले सुदूरपश्चिमलाई २६७ रनको लक्ष्य दिएको छ । भैरहवास्थित एक्स्ट्राटेक ओभलमा जारी खेलमा बागमतीले पूरै ओभर खेलेर ८ विकेटको क्षतिमा मात्र २६६ रन बनाएको हो । बागमतीका लागि शुभ कङ्शकार र आशुतोष घिरैयाले अर्धशतकीय पारी खेले । शुभले ६८ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै ७७ रनको योगदान […]

Mar 14, 2025 - 07:41
 0
बागमतीले सुदूरपश्चिमलाई दियो २६७ रनको लक्ष्य, शुभ र आशुतोषको अर्धशतक

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा बागमतीले सुदूरपश्चिमलाई २६७ रनको लक्ष्य दिएको छ ।

भैरहवास्थित एक्स्ट्राटेक ओभलमा जारी खेलमा बागमतीले पूरै ओभर खेलेर ८ विकेटको क्षतिमा मात्र २६६ रन बनाएको हो ।

बागमतीका लागि शुभ कङ्शकार र आशुतोष घिरैयाले अर्धशतकीय पारी खेले ।

शुभले ६८ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै ७७ रनको योगदान गरे । आशुतोषले भने १०१ बलमा ५ चौका प्रहार गर्दै ५८ रन बनाए । इशान पाण्डेले ३६ रन बनाए ।

कप्तान पृथु बास्कोटाले १५, प्रतिश जिसीले १५ र विवेक यादवले १० रन बनाए । सुमन सुनार १२ रन अविजित रहे ।

सुदूरपश्चिमका लागि सौर्य श्रेष्ठ, शेर मल्ल र हेमन्त धामीले २/२ तथा नारायण जोशी र राहुल भण्डारीले १/१ विकेट लिए ।

 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register