बजेट र समन्वयको अभावले जीर्ण अवस्थामा सैनामैनाको ‘स्मार्ट रिफ्रेस सेन्टर’

बुटवल । पूर्व-पश्चिम राजमार्गअन्तर्गत पर्ने रुपन्देहीको सैनामैना नगरपालिका-९ पिपलडाँडामा निर्माणाधीन ‘स्मार्ट रिफ्रेस सेन्टर’ निर्माण सम्पन्न नहुँदै जीर्ण बनेको छ । लुम्बिनी प्रदेश सरकारको लगानीमा अत्याधुनिक सुविधासहित निर्माण गरिएको ‘स्मार्ट रिफ्रेस सेन्टर’ यतिबेला जीर्ण बनेको हो । तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलकै योजनामा ०७७ सालमा लुम्बिनीका ५ स्थान (पश्चिम नवलपरासीको बर्दघाट, रूपन्देहीको सैनामैना, कपिलवस्तुको चन्द्रौटा, दाङको लमही […]

May 30, 2025 - 12:35
 0
बजेट र समन्वयको अभावले जीर्ण अवस्थामा सैनामैनाको ‘स्मार्ट रिफ्रेस सेन्टर’

बुटवल । पूर्व-पश्चिम राजमार्गअन्तर्गत पर्ने रुपन्देहीको सैनामैना नगरपालिका-९ पिपलडाँडामा निर्माणाधीन ‘स्मार्ट रिफ्रेस सेन्टर’ निर्माण सम्पन्न नहुँदै जीर्ण बनेको छ ।

लुम्बिनी प्रदेश सरकारको लगानीमा अत्याधुनिक सुविधासहित निर्माण गरिएको ‘स्मार्ट रिफ्रेस सेन्टर’ यतिबेला जीर्ण बनेको हो ।

तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलकै योजनामा ०७७ सालमा लुम्बिनीका ५ स्थान (पश्चिम नवलपरासीको बर्दघाट, रूपन्देहीको सैनामैना, कपिलवस्तुको चन्द्रौटा, दाङको लमही र बर्दिया)मा ५ स्थानमा रिफ्रेस सेन्टर निर्माण थालिएको थियो ।

लामो दूरीका सवारीचालक र यात्रुहरुलाई विश्राम र आरामका लागि भन्दै ‘स्मार्ट रिफ्रेस सेन्टर’मा स्मार्ट रेष्ट रुम, शौचालय ,सावर रुम ,पार्क ,पार्किङ स्थल , सिटिङ्ग एरिया ,पाथ वे, रोड एरिया ,कार वासिङ, चार्जिङ स्टेसन र ड्राइभर रुम लगाएतका संरचना बन्नेगरि डिजाइन गरि सैनामैनामा करिब एक बिघा क्षेत्रफलमा २ वर्षभित्रै निर्माण सक्ने लक्ष्यसहित ३ करोड ५५ लाख ७९ हजार रुपैयाँमा ठेक्का सम्झौता गरी मुख्यमन्त्री पोखरेलले निकै तामझामसहित भवनको शिलान्यास गरेका थिए ।

‘स्मार्ट रिफ्रेस सेन्टर’को खानेपानी तथा सरसफाई डिभिजन कार्यलय योगिकुटीले निर्माण र रेखदेखको जिम्मा लिएको छ । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय,रुपन्देहीका वारिष्ठ इन्जिनियर तथा सूचना अधिकारी आदित्य धितालले रिफ्रेस सेन्टर निर्माणका लागि पहिलो चरणको कामअन्तर्गत एक तले भवन निर्माण सहित बाउन्डरी लगाएतका काम भएको बताए ।

‘बजेट अभावका कारण दास्रो चरणको काम सुरु हुन सकेको छैन । पटक पटक बजेट माग गरेका हौं, तर हाम्रो योजना सुनुवाइ भएन । त्यसैले थप काम गर्न सकेनौं,’ धिताल भन्छन्, ‘राजनीतिक समीकरणका आधारमा सरकार बन्छन् । एउटा नेतृत्वको सरकारले अर्कोले ल्याएको योजनालाई प्राथमिकता नदिँदा नै बजेट अभावमा सरकारका धेरै योजनाहरु पूरा हुन सकेका छैनन् ।’

‘स्मार्ट रिफ्रेस सेन्टर’ले राजमार्गमा हुने जथाभावी फोहोर र सडक दुर्घटना न्युनीकरण गर्ने उद्देश्य राखेको भएता पनि समयमै निर्माण सम्पन्न नहुदा लामो दूरीका यात्रु तथा चालक सहचालकलाई शौचालयका लागि जंगल तथा बस्ती नभएका खालि जग्गा धाउनुपर्ने समस्या छ । अहिले रिफ्रेन्स सेन्टर जीर्ण बन्दै गएको छ । रिफ्रेस सेन्टरको वरिपरि लगाइएको बाउन्डरीको गारो ठाउँठाउँमा चिरा परेर भत्किन थालेका छन् । खाली जग्गामा जतासुकै बिरुवा उम्रिएर जंगलमा परिणत भएको छ । भवनका सिसाहरु फुटेका छन् । करोडौंको भौतिक संरचना बिग्रिएर भत्किँदा पनि प्रदेश सरकार मूकदर्शक बनेर रमिता हेरिरहेको छ ।

रिफ्रेस सेन्टरको निर्माण कार्य अघि बढ्न नसक्दा प्रदेशको करोडौँ लगानीको योजना अन्योलमा परेको छ भने निर्माण कार्य सम्पन्न गरी नगरपालिकालाई हस्तान्तरण हुन नसक्दा यसको रेखदेख तथा संरक्षणमा समास्या परेको छ । जसले गर्दा निर्माण कार्य सम्पन्न नहुँदै रिफ्रेस सेन्टर जीर्ण हुने अवस्थामा पुगेको हो ।

आफ्नो पालिकाभित्र अलपत्र अवस्थामा रहेको भौतिक संरचना देखेर स्थानीय नागरिक तथा जनप्रतिनिधिहरु भने चिन्तित छन् । सैनामैनाका नगरप्रमुख फणेन्द्रप्रसाद शर्माले प्रदेश सरकारले काम सम्पन्न गरी कार्यविधि बनाएर नगरपालिकालाई हस्तान्तरण गर्ने भनेतापनि अहिलेसम्म कुनै पनि किसिमको सहकार्य र समन्वय नगरेको बताए ।

‘प्रदेश सरकारले स्मार्ट रिफ्रेस सेन्टरको निर्माण प्रक्रिया के कसरी गरेको छ त्योबारे केही जानकारी छैन । तर, सर्वसाधारणले भने कुरै नबुझी पालिकालाई काम गर्न सकेन भनेर गालीगलौज तथा आरोप लगाउने गरेको भन्दै प्रदेश सरकारको गल्तीका कारण स्थानीय सरकारले सजाय पएका छौं,’ शर्माले भने ।

लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकालले स्मार्ट रिफ्रेस सेन्टरको निर्माण कार्यलाई पूर्णता दिने गरी आगामी बजेटमा प्राथमिकता साथ सम्बोधन गर्ने प्रदेश सरकारले योजना बनाएको बताए । ‘प्रदेश सरकारका कुनै पनि योजनाहरु अधुरा हुन दिने छैनौं, ती योजनाहरुलाई सफल बनाई कार्यान्वयनमा लैजाने छौं । प्रदेश सरकार गम्भीर भएर आवश्यकता र मागका आधारमा योजनाहरुलाई प्राथमिकता दिएर बजेटको व्यबस्थापन गर्ने तिर लागि परेका छौँ,’ उनले भने ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register