समस्याग्रस्त सहकारीका बचतकर्ताको पाँच लाख रुपैयाँ तत्काल फिर्ता गर्न सर्वोच्चको आदेश

काठमाडौं । लाखौं बचतकर्ताको पैसा समस्याग्रस्त सहकारी संस्थामा अल्झिएको पृष्ठभूमिमा सर्वोच्च अदालतले पाँच लाख रुपैयाँसम्मको बचत रकम तत्काल फिर्ता गर्न आदेश दिएको छ । सहकारी संस्थामा रकम बचत गरेका पीडित बचतकर्ताको रकम नै फिर्ता भने हुन सकेको नसकेको भन्दै अदालतले सहकारी संस्थाको सम्पत्ति र धितो बिक्री गरेर भए पनि बचतकर्ताको पैसा तिर्न सरकारलाई आदेश दिएको […]

May 11, 2025 - 14:13
 0
समस्याग्रस्त सहकारीका बचतकर्ताको पाँच लाख रुपैयाँ तत्काल फिर्ता गर्न सर्वोच्चको आदेश

काठमाडौं । लाखौं बचतकर्ताको पैसा समस्याग्रस्त सहकारी संस्थामा अल्झिएको पृष्ठभूमिमा सर्वोच्च अदालतले पाँच लाख रुपैयाँसम्मको बचत रकम तत्काल फिर्ता गर्न आदेश दिएको छ ।

सहकारी संस्थामा रकम बचत गरेका पीडित बचतकर्ताको रकम नै फिर्ता भने हुन सकेको नसकेको भन्दै अदालतले सहकारी संस्थाको सम्पत्ति र धितो बिक्री गरेर भए पनि बचतकर्ताको पैसा तिर्न सरकारलाई आदेश दिएको हो ।

सस्मयाग्रस्त सहकारीहरूको बचत फिर्तासम्बन्धी दायर रिटमा परमादेश जारी गर्दै न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेयको इजलासले यस्तो आदेश गरेको हो ।

सर्वोच्चले पाँच लाख रुपैयाँसम्मको रकम पहिलो प्राथमिकतामा राखी फिर्ता गर्न भनेको छ । पाँच लाखभन्दा बढी रकमलाई मापदण्ड बनाएर अनुपातिक रूपमा भुक्तानी गर्न आदेशमा भनिएको छ ।

आदेशमा ऋण दिन दिइएको धितो लिलाम बढाबढबाट बिक्री गरी रकम असुल्न भनिएको छ । अदालतमा रोक्का रहेको सम्पत्तिको फुकुवा गराएर बिक्री गर्न अनुरोध गर्न सकिने सर्वोच्चले जनाएको छ । जसका लागि समयबद्ध कार्ययोजना बनाउने र तत्काल कार्यान्वयन गर्न सरकारलाई भनेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register