कतारमा युद्धविरामको वार्ता चलिरहेकै बेला इजरायली सेनाको गाजामा भीषण आक्रमण

काठमाडौं । कतार र अमेरिकाको मध्यस्थतामा कतारमा हमास र इजरायलबीच वार्ता चलिरहँदा इजरायली सेनाले भने गाजामा भीषण आक्रमण गरेको । अलजजिराका अनुसार गाजाको जबालिया क्षेत्रमा इजरायली सेनाले गए राति भीषण आक्रमण गरेको छ । गए रातिको आक्रमणमा कम्तीमा ५९ जना प्यालेस्टाइनी मारिएको जनाइएको छ । इजरायली सेनाले जबालिया र अलमावासीमा आक्रमण गरेको छ । अलमवासीमा […]

May 18, 2025 - 03:18
 0
कतारमा युद्धविरामको वार्ता चलिरहेकै बेला इजरायली सेनाको गाजामा भीषण आक्रमण

काठमाडौं । कतार र अमेरिकाको मध्यस्थतामा कतारमा हमास र इजरायलबीच वार्ता चलिरहँदा इजरायली सेनाले भने गाजामा भीषण आक्रमण गरेको । अलजजिराका अनुसार गाजाको जबालिया क्षेत्रमा इजरायली सेनाले गए राति भीषण आक्रमण गरेको छ ।

गए रातिको आक्रमणमा कम्तीमा ५९ जना प्यालेस्टाइनी मारिएको जनाइएको छ । इजरायली सेनाले जबालिया र अलमावासीमा आक्रमण गरेको छ । अलमवासीमा कम्तीमा ३६ जना प्यालेस्टाइनी मारिएका छन् । यो क्षेत्रलाई सुरक्षित मानिएको थियो ।

शनिबार मात्र कतारमा इजरायल र हमासबीच वार्ता भएको थियो । सो वार्तामा हमासले ६० दिने युद्धविराममा सहमति गरेको थियो । उता इजरायलले प्यालेस्टाइनी बन्दी रिहा हुँदा हमासले पनि इजरायली बन्द रिहा गर्ने सहमति गरेको थियो । यस्तै गाजामा हरेक दिन ४०० राहात सामग्री बोकेका ट्रकले प्रवेश पाउने सहमति भएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register