च्याम्पियन्स ट्रफी : यसरी हेर्न सकिन्छ लाइभ

काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफी सुरु हुन अब थोरै समय मात्र बाँकी छ । ८ वर्षपछि आयोजना हुन लागेको यस मेगा इभेन्टमा ८ शीर्ष टोलीले खेल्नेछन् । प्रतियोगिता फेब्रुअरी १९ देखि मार्च ९ सम्म पाकिस्तान र दुबईका चार स्थानमा आयोजना हुनेछ । डिफेन्डिङ च्याम्पियन पाकिस्तान, नम्बर १ एकदिवसीय टोली भारत र छ पटकको एकदिवसीय विश्व […]

Feb 17, 2025 - 11:36
 0
च्याम्पियन्स ट्रफी : यसरी हेर्न सकिन्छ लाइभ

काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफी सुरु हुन अब थोरै समय मात्र बाँकी छ ।

८ वर्षपछि आयोजना हुन लागेको यस मेगा इभेन्टमा ८ शीर्ष टोलीले खेल्नेछन् । प्रतियोगिता फेब्रुअरी १९ देखि मार्च ९ सम्म पाकिस्तान र दुबईका चार स्थानमा आयोजना हुनेछ ।

डिफेन्डिङ च्याम्पियन पाकिस्तान, नम्बर १ एकदिवसीय टोली भारत र छ पटकको एकदिवसीय विश्व च्याम्पियन अष्ट्रेलियालाई उपाधिको बलियो दाबेदार मानिन्छ । आठ टोलीलाई ४-४ जनाको दुई समूहमा विभाजन गरिएको छ ।

भारतले आफ्ना सबै खेलहरू दुबईमा खेल्नेछ । सुरक्षा कारणले गर्दा बीसीसीआईले टोलीलाई पाकिस्तान पठाउन अस्वीकार गरेको थियो । पहिलो सेमिफाइनल मार्च ४ मा दुबईमा हुनेछ र दोस्रो सेमिफाइनल मार्च ५ मा लाहोरको गद्दाफी रंगशालामा खेलिनेछ । मार्च ९ मा फाइनल कहाँ खेलिनेछ भन्ने कुरा भारतीय टोलीमा निर्भर गर्नेछ ।

यदि भारतले फाइनल खेल्यो भने खेल दुबईमा हुनेछ, अन्यथा पाकिस्तानको गद्दाफी रङ्गशालामा ग्रान्ड फिनाले हुनेछ ।

समूह ए – भारत, पाकिस्तान, न्युजिल्याण्ड, बङ्गलादेश,
समूह बी – अष्ट्रेलिया, इङ्गल्याण्ड, दक्षिण अफ्रिका, अफगानिस्तान ।

यस्तो छ टिम

पाकिस्तान – मोहम्मद रिजवान (कप्तान र विकेटकिपर), बाबर आजम, फखर जमान, कामरान गुलाम, साउद शकील, तैयब ताहिर, फहीम अशरफ, खुशदिल शाह, सलमान अली आगा, उस्मान खान, अब्रार अहमद, हरिस रौफ, मोहम्मद हसनैन, नसीम शाह, शाहीन शाह अफ्रिदी ।

अष्ट्रेलिया – स्टिभ स्मिथ (कप्तान), शन एबोट, एलेक्स केरी (विकेटकिपर), बेन द्वारशुइस, नाथन एलिस, जेक फ्रेजर-म्याकगर्क, आरोन हार्डी, ट्राभिस हेड, जोश इन्ग्लिस (विकेटकिपर), स्पेन्सर जोनसन, मार्नस लाबुस्चेन, ग्लेन म्याक्सवेल, तनवीर संघा, म्याथ्यू सर्ट, एडम जाम्पा ।

भारत – रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस अय्यर, केएल राहुल (विकेटकिपर), ऋषभ पन्त (विकेटकिपर), हार्दिक पाण्डेय, अक्षर पटेल, वाशिङ्गटन सुन्दर, कुलदीप यादव, हर्षित राणा, मोहम्मद शमी, अर्शदीप सिंह, रवीन्द्र जडेजा, वरुण चक्रवर्ती ।

न्युजिल्याण्ड – मिचेल स्यान्टनर (कप्तान), माइकल ब्रेसवेल, मार्क च्यापम्यान, डेभन कोनवे (विकेटकिपर), लकी फर्गुसन, म्याट हेनरी, टम लाथम (विकेटकिपर), डेरिल मिचेल, विल ओ’रोर्क, ग्लेन फिलिप्स, रचिन रविन्द्र, नाथन स्मिथ, केन विलियमसन, विल यंग, ​​ज्याकब डफी ।

इङ्ग्ल्याण्ड – जोस बटलर (कप्तान र विकेटकिपर), जोफ्रा आर्चर, गस एटकिन्सन, टम ब्यान्टन, ह्यारी ब्रुक, ब्राइडन कार्स, बेन डकेट, जेमी ओभरटन, जेमी स्मिथ (विकेटकिपर), लियाम लिभिङस्टोन, आदिल रशिद, जो रुट, साकिब महमूद, फिल साल्ट (विकेटकिपर), मार्क वुड ।

दक्षिण अफ्रिका – टेम्बा बाभुमा (कप्तान), टोनी डे जोर्जी, मार्को जानसेन, हेनरिक क्लासेन (विकेटकिपर), केशव महाराज, एडेन मार्कराम, डेभिड मिलर, वियान मुल्डर, लुंगी एनगिडी, कागिसो रबाडा, रायन रिकेलटन (विकेटकिपर), तबरेज शम्सी, ट्रिस्टन स्टब्स, रस्सी भ्यान डेर डुसेन, कोर्बिन बोश ।

अफगानिस्तान – हशमतुल्लाह शाहिदी (कप्तान), इब्राहिम जद्रान, रहमानउल्लाह गुरबाज (विकेटकिपर), सादिकुल्लाह अटल, रहमत शाह, इक्रम अलिखिल (विकेटकिपर), गुलबदिन नैब, अजमतुल्लाह ओमरजाई, मोहम्मद नाबी, रशिद खान, नाङ्ग्याल खरोती, नूर अहमद, फजलहक फारुकी, फरीद मलिक, नावेद जद्रान । रिजर्भ खेलाडी – दर्वेश रसूली, बिलाल सामी ।

बङ्गलादेश – नजमुल हुसेन शान्तो (कप्तान), सौम्य सरकार, तन्जिद हसन, तौहिद हृदयोय, मुशफिकुर रहिम (विकेटकिपर), महमुदुल्लाह, जकार अली अनिक, मेहदी हसन मिराज, रिशाद हुसेन, तस्किन अहमद, मुस्ताफिजुर रहमान, परवेज हुसेन इमोन, नसुम अहमद, तन्जिम हसन सकिब, नाहिद राणा ।

आयोजक शहर –

गद्दाफी रङ्गशाला, लाहोर
राष्ट्रिय रङ्गशाला, कराँची
रावलपिन्डी क्रिकेट रङ्गशाला, रावलपिन्डी
दुबई अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, दुबई

कसरी हेर्ने ?

भारत – जियोस्टार (जियो हटस्टारमा प्रत्यक्ष प्रसारण, स्टार र नेटवर्क १८ च्यानलहरूमा टेलिभिजन कभरेज)

पाकिस्तान – पीटीभी र टेन स्पोर्ट्स, स्ट्रिमिङ विकल्पहरू: माइको र तमाशा एप

युएई – क्रिकलाइफ म्याक्स र क्रिकलाइफ म्याक्स२, स्ट्रिमिङ विकल्पहरू: स्टारजप्ले

बेलायत – स्काई स्पोर्ट्स क्रिकेट, स्काई स्पोर्ट्स मेन इभेन्ट, स्काई स्पोर्ट्स एक्सनमा प्रत्यक्ष प्रसारण, र स्काईगो, नाउ र स्काई स्पोर्ट्स एप मार्फत डिजिटल कभरेज ।

संयुक्त राज्य अमेरिका र क्यानडा – भिलोटिभी, क्रिकबज एपद्वारा भिलोटिभीमा स्ट्रिमिङ

क्यारिबियन – ESPNCaribbean TV मा, ESPN Play Caribbean एपमार्फत स्ट्रिमिङ

अस्ट्रेलिया – प्राइमभिडियो (हिन्दी कभरेज पनि उपलब्ध छ)

न्युजिल्याण्ड – स्काई स्पोर्ट एनजेड, NOW र स्काईगो एपहरू मार्फत डिजिटल कभरेज ।

दक्षिण अफ्रिका – सुपरस्पोर्ट र सुपरस्पोर्ट एप

बङ्गलादेश – डिजिटल टोफी एप मार्फत नागोरिक टिभी र टी स्पोर्ट्सको लागि रैखिक प्रसारण

अफगानिस्तान – एटीएन

श्रीलङ्का – महाराजा टिभी (टिभी१ मा रैखिक), डिजिटल सिरासामार्फत ।

सम्बन्धित सामग्री-

च्याम्पियन्स ट्रफी : भारत र अष्ट्रेलियाको दबदबा, यस्तो छ विगतको रेकर्ड

च्याम्पियन्स ट्रफीका ‘प्लेयर्स टू वाच’ : बाबरदेखि शुभमनसम्म  

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register