माउन्टेन ड्युको ‘पिक्स अफ करेज’

काठमाडौं । पेप्सीको ब्राण्ड अन्तर्गतको पेय पदार्थ माउन्टेन ड्युले नेपालमा ‘पिक्स अफ करेज’ नामक अभियान सुरु गरेको छ । अभियानको उद्देश्य नेपालका कम परिचित तर साहसी पर्वतारोहीहरूका कथा सार्वजनिक गर्नु रहेको कम्पनीले जनाएको छ । काठमाडौं, पोखरा र लुक्लामा आयोजना गरिएको कार्यक्रममार्फत यो अभियान सुरु गरिएको हो । माउन्टेन ड्युका अनुसार अभियानले पर्वतारोहण क्षेत्रमा क्रियाशील […]

May 12, 2025 - 07:06
 0
माउन्टेन ड्युको ‘पिक्स अफ करेज’

काठमाडौं । पेप्सीको ब्राण्ड अन्तर्गतको पेय पदार्थ माउन्टेन ड्युले नेपालमा ‘पिक्स अफ करेज’ नामक अभियान सुरु गरेको छ ।

अभियानको उद्देश्य नेपालका कम परिचित तर साहसी पर्वतारोहीहरूका कथा सार्वजनिक गर्नु रहेको कम्पनीले जनाएको छ ।

काठमाडौं, पोखरा र लुक्लामा आयोजना गरिएको कार्यक्रममार्फत यो अभियान सुरु गरिएको हो । माउन्टेन ड्युका अनुसार अभियानले पर्वतारोहण क्षेत्रमा क्रियाशील व्यक्तिहरूको अनुभव र सङ्घर्षलाई समेट्ने प्रयास गर्नेछ ।

अभियान सुरु गर्दै वरुण वेभरेजज्नेपाल प्रा.लि.का कन्ट्रि हेड विशाल सिंहले भने, “पिक्स अफ करेजको साथमा माउन्टेन ड्युलेले नेपालका विशाल हिमाल आरोहणहरुको भू–भागलाई प्रकाश पार्नेछ र एडभेन्चरको गहनतम जोशलाई देखाउनेछ, जसले यो देशलाई परिभाषित गर्नेछ । यो अभियान दर्शकहरुलाई नेपाललाई नयाँ साहसिक लेन्सबाट हेर्न आमन्त्रण गर्दै स्थानीय गौरवलाई उत्सवको रुपमा मनाउने हो । हामी यस पहलले जनजीवनमा पार्ने वास्तविक प्रभावको प्रतिक्षामा छौं ।”

अभियानअन्तर्गत आठ जना पर्वतारोहणसम्बन्धी व्यक्तिहरूको कथालाई डिजिटल माध्यमबाट प्रस्तुत गरिएको छ । कम्पनीको वेबसाइटमार्फत ती कथा पढ्न, भिडिओ हेर्न र जानकारी लिन सकिने व्यवस्था गरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register