पाकिस्तानी सेनाले भन्यो – भारतीय आक्रमणमा २६ सर्वसाधारणको मृत्यु

काठमाडौं । भारतले गरेको सैन्य आक्रमणमा २६ जनाको मृत्यु भएको पाकिस्तानी सेनाले जनाएको छ । पाकिस्तानी सेनाको सञ्चार शाखा इन्टर सर्भिसेज पब्लिक रिलेशन्स (आईएसपीआर) का महानिर्देशक लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले यसबारे जानकारी दिएका हुन् । पाकिस्तानी अखबार डनका अनुसार आक्रमणमा ४६ जना घाइते भएका छन् । आक्रमणबाट भएको क्षतिको विवरण सङ्कलन भइरहेको चौधरीले बताए । […]

May 7, 2025 - 06:51
 0
पाकिस्तानी सेनाले भन्यो – भारतीय आक्रमणमा २६ सर्वसाधारणको मृत्यु

काठमाडौं । भारतले गरेको सैन्य आक्रमणमा २६ जनाको मृत्यु भएको पाकिस्तानी सेनाले जनाएको छ ।

पाकिस्तानी सेनाको सञ्चार शाखा इन्टर सर्भिसेज पब्लिक रिलेशन्स (आईएसपीआर) का महानिर्देशक लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले यसबारे जानकारी दिएका हुन् ।

पाकिस्तानी अखबार डनका अनुसार आक्रमणमा ४६ जना घाइते भएका छन् । आक्रमणबाट भएको क्षतिको विवरण सङ्कलन भइरहेको चौधरीले बताए ।

साथै, भारतले नीलम-झेलम जलविद्युत् परियोजनाको नौसेरी बाँध संरचनालाई निशाना बनाएको उनको भनाइ छ ।

यता, सोसिएटेड प्रेस अफ पाकिस्तान (एपीपी) का अनुसार इस्लामाबादका प्रहरी महानिरीक्षक (आईजीपी) सैयद अली नासिर रिजवीले वर्तमान राष्ट्रिय परिस्थितिलाई ध्यानमा राख्दै सम्पूर्ण प्रहरी बललाई उच्च सतर्कतामा रहन निर्देशन दिएका छन् ।

अप्रिल २२ मा कश्मीरस्थित पहलगाममा भएको आक्रमणपछि भारतले जवाफी कारबाही गरेको हो । सो आक्रमणमा एक नेपालीसहित २८ पर्यटकको मृत्यु भएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register