यार्सा खोज्न पाटनतर्फ लागे मुगालीहरू, अनुमति नलिएकोमा कारबाही गर्ने तयारी

मुगु । मुगुको मुगमकामारोङ्ख गाँउपालिकाको पाटनमा पाइने बहुमूल्य जडिबुटी यार्सा गुम्बाको संकलनको मौसम सुरु भएपछि पाटन क्षेत्रमा अवैध यार्सा संकलक गर्नेहरूको भीड लागेको छ । स्थानीय मुगमकामारोङ्ख गाँउपालिकाको पालिकास्तरीय निर्णयअनुसार हरेक वर्ष जेठ महिनाको १० गतेभन्दा अगाडि पाटन प्रवेश गर्न अनुमति दिने व्यवस्था छ । तर अनुमति नलिई र शुल्कसमेत नबुझाई यार्सा टिप्नेहरूको भीड लागेको […]

May 12, 2025 - 07:06
 0
यार्सा खोज्न पाटनतर्फ लागे मुगालीहरू, अनुमति नलिएकोमा कारबाही गर्ने तयारी

मुगु । मुगुको मुगमकामारोङ्ख गाँउपालिकाको पाटनमा पाइने बहुमूल्य जडिबुटी यार्सा गुम्बाको संकलनको मौसम सुरु भएपछि पाटन क्षेत्रमा अवैध यार्सा संकलक गर्नेहरूको भीड लागेको छ ।

स्थानीय मुगमकामारोङ्ख गाँउपालिकाको पालिकास्तरीय निर्णयअनुसार हरेक वर्ष जेठ महिनाको १० गतेभन्दा अगाडि पाटन प्रवेश गर्न अनुमति दिने व्यवस्था छ । तर अनुमति नलिई र शुल्कसमेत नबुझाई यार्सा टिप्नेहरूको भीड लागेको हो ।

मुगुमकामाराङ्ख गाँउपालिका वडा नम्बर १ का कार्मा लामाका अनुसार प्रत्येक दिन दुई सयभन्दा बढी स्थानीय र जिल्ला बाहिरबाट यार्सा संकलन गर्नेहरू रातारात जाने गरेको समेत बताएका छन् ।

रातारात गरेर संकलकहरू वन प्रबेश गरेको सूचना आएपछि पालिकामा सरोकारवाला, सुरक्षा निकाय र पालिकाको निर्णय गरेर वन क्षेत्रमा अवैध रुपमा प्रवेश गर्नेहरूलाई जरिवाना र कारवाहीमा ल्याउने तयारी गरिएको छ ।

विगतमा पहिले वन प्रबेश रसिद काटेर जेठ १० गते पालिकाभित्र रहेका संकलन क्षेत्रमा अनुमति दिने गरिन्थ्यो । तर यस वर्ष प्रवेशको समयअघि नै संकलकहरूको भीड लागेको हो ।

यार्सा संकलकहरूबाट गत वर्ष ७१ लाख राजस्व संकलन भएको थियो । यस वर्ष विगतको भन्दा बढी राजस्व संकलन गर्ने लक्ष्य लिइएको पालिका अध्यक्ष छिरिङ लामाले बताए । विगतका वर्षभन्दा पछिल्ला वर्षहरूमा यार्सागुम्बा निकै कम पाइने गरेको छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register