खुल्यो सोमबार रातिदेखि अवरुद्ध बीपी राजमार्ग

रामेछाप । वर्षाका कारण सोमबार रातिदेखि अवरुद्ध भएको बीपी राजमार्ग खुलेको छ । डाइभर्सनको मर्मतपछि मङ्गलबार बिहान राजमार्ग खुलेको हो । सोमबार रातिको वर्षाका कारण रोशी खोलामा आएको बाढीले सो सडकको माम्ती, डालाबेसी र बोक्सीडाँडामा क्षति पुर्याएको थियो । तीमध्ये अन्य ठाउँमा सडक मर्मतको काम यसअघि नै सकिएको थियो । माम्तीको डाइभर्सन मर्मत कार्यपछि सडक […]

May 13, 2025 - 08:41
 0
खुल्यो सोमबार रातिदेखि अवरुद्ध बीपी राजमार्ग

रामेछाप । वर्षाका कारण सोमबार रातिदेखि अवरुद्ध भएको बीपी राजमार्ग खुलेको छ । डाइभर्सनको मर्मतपछि मङ्गलबार बिहान राजमार्ग खुलेको हो ।

सोमबार रातिको वर्षाका कारण रोशी खोलामा आएको बाढीले सो सडकको माम्ती, डालाबेसी र बोक्सीडाँडामा क्षति पुर्याएको थियो । तीमध्ये अन्य ठाउँमा सडक मर्मतको काम यसअघि नै सकिएको थियो ।

माम्तीको डाइभर्सन मर्मत कार्यपछि सडक पुनः सञ्चालनमा आएको सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशले जानकारी दिए ।

अवरुद्ध बीपी राजमार्ग चाँडै सुचारु गर्ने तयारी

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register