३ बैंकले घटाए ब्याजदर, ३ बैंकले बढाउँदा १४ बैंकको स्थिर 

काठमाडौँ । जेठ महिनाका लागि वाणिज्य बैंकहरुले ब्याजदर सामान्य घटाएका छन् । बैशाखको तुलनामा बैंकहरुले निक्षेपको ब्याजदर ०.०२७५ प्रतिशतविन्दुले घटाएका हुन् ।  वाणिज्य बैंकहरुले प्रकाशित गरेको नयाँ ब्याजदर अनुसार जेठ महिनामा व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ५.९५२ प्रतिशतबिन्दुमा झारिएको छ । बैशाख महिनामा यस्तो ब्याजदर ५.९७९५ प्रतिशतबिन्दु रहेको थियो ।  जेठ महिनाका लागि २० वाणिज्य बैंकमध्ये […]

May 14, 2025 - 06:56
 0
३ बैंकले घटाए ब्याजदर, ३ बैंकले बढाउँदा १४ बैंकको स्थिर 

काठमाडौँ । जेठ महिनाका लागि वाणिज्य बैंकहरुले ब्याजदर सामान्य घटाएका छन् । बैशाखको तुलनामा बैंकहरुले निक्षेपको ब्याजदर ०.०२७५ प्रतिशतविन्दुले घटाएका हुन् । 

वाणिज्य बैंकहरुले प्रकाशित गरेको नयाँ ब्याजदर अनुसार जेठ महिनामा व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ५.९५२ प्रतिशतबिन्दुमा झारिएको छ । बैशाख महिनामा यस्तो ब्याजदर ५.९७९५ प्रतिशतबिन्दु रहेको थियो । 

जेठ महिनाका लागि २० वाणिज्य बैंकमध्ये तीन वाणिज्य बैंकले ब्याजदर घटाएका छन् । त्यस्तै, १४ वाणिज्य बैंकले बैशाख महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् भने ३ बैंकले ब्याजदर बढाएका छन् । 

जेठका लागि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले सबैभन्दा धेरै १ प्रतिशतबिन्दुले ब्याजदर घटाएको छ । बैशाखामा व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ६.५ प्रतिशत रहेको इन्भेष्टमेन्ट मेगा बैंकले जेठमा घटाएर ५.५ प्रतिशतमा झारेको छ । अन्य दुई कुमारी बैंक र सिद्धार्थ बैंकले जेठका लागि व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर क्रमशः ०.२५०.०१ प्रतिशतबिन्दुले घटाएका छन् । 

त्यस्तै, नेपाल बैंक, सानिमा बैंक र एभरेष्ट बैंकले जेठका लागि व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर बढाएका छन् । जसमध्ये सबैभन्दा धेरै सानिमा बैंकले ०.३८ प्रतिशतबिन्दु बढाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register