गेटाफेलाई फराकिलो अन्तरले हराउँदै एट्लेटिको म्याड्रिड कोपा डेल रेको सेमिफाइनलमा

काठमाडौं । गेटाफेलाई फराकिलो अन्तरले हराउँदै एट्लेटिको म्याड्रिड स्पेनिस कोपा डेल रे फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार बिहान रियाल एअर मेट्रोपोलियनमा भएको खेलमा घरेलु टोली एट्लेटिकोले गेटाफेमाथि ५–० गोलअन्तरको फराकिलो जित हासिल गरेको हो । एट्लेटिकोको जितमा जिलियानो सिमोनीको दुई गोल गरे । उनी टिमका प्रशिक्षक डिएगो सिमोनीका छोरासमेत हुन् । अन्तिम […]

Feb 5, 2025 - 06:30
 0
गेटाफेलाई फराकिलो अन्तरले हराउँदै एट्लेटिको म्याड्रिड कोपा डेल रेको सेमिफाइनलमा

काठमाडौं । गेटाफेलाई फराकिलो अन्तरले हराउँदै एट्लेटिको म्याड्रिड स्पेनिस कोपा डेल रे फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुधबार बिहान रियाल एअर मेट्रोपोलियनमा भएको खेलमा घरेलु टोली एट्लेटिकोले गेटाफेमाथि ५–० गोलअन्तरको फराकिलो जित हासिल गरेको हो ।

एट्लेटिकोको जितमा जिलियानो सिमोनीको दुई गोल गरे । उनी टिमका प्रशिक्षक डिएगो सिमोनीका छोरासमेत हुन् । अन्तिम आठको एकपक्षीय खेलमा एट्लेटिकोको प्रदर्शन उत्कृष्ट रह्यो ।

जिलियानोले ८ र १७औं मिनेटमा गोल गरे । त्यसपछि स्यामुएल लिनोले ४२औं, एङ्गेल कोरेयाले ७८औं र एलेक्जान्डर सोरलोथले ८६औं मिनेटमा एक–एक गोल थपे ।

अब अन्य अन्तिम आठकाखेलमा रियल म्याड्रिडले लेगानेस, रियल सोसिडाडले ओसासुनाको सामना गर्नेछन् ।

यस्तै ३१ पल्टको कीर्तिमानी विजेता बार्सिलोनाले भ्यालेन्सियासँग प्रतिस्पर्धा गर्नेछ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register