उरुग्वेका पूर्वराष्ट्रपति होसे मुहिकाको निधन

काठमाडौं । उरुग्वेका पूर्वराष्ट्रपति होसे मुहिकाको ८९ वर्षको उमेरमा निधन भएको छ । मुहिकालाई ‘पेपे’को नामले पनि चिनिन्छ । सन् २०१० देखि २०१५ सम्म उरुग्वेका राष्ट्रपति रहेका पूर्व गुरिल्ला नेता मुहिका आफ्नो साधारण जीवनशैलीका कारण विश्वका ‘सबैभन्दा गरिब राष्ट्रपति’को उपनामले परिचित थिए । उरुग्वेका वर्तमान राष्ट्रपति यामान्डू ओरसीले एक्समा मुहिकाको मृत्युको जानकारी दिँदै लेखेका छन्, […]

May 14, 2025 - 07:30
 0
उरुग्वेका पूर्वराष्ट्रपति होसे मुहिकाको निधन

काठमाडौं । उरुग्वेका पूर्वराष्ट्रपति होसे मुहिकाको ८९ वर्षको उमेरमा निधन भएको छ । मुहिकालाई ‘पेपे’को नामले पनि चिनिन्छ ।

सन् २०१० देखि २०१५ सम्म उरुग्वेका राष्ट्रपति रहेका पूर्व गुरिल्ला नेता मुहिका आफ्नो साधारण जीवनशैलीका कारण विश्वका ‘सबैभन्दा गरिब राष्ट्रपति’को उपनामले परिचित थिए ।

उरुग्वेका वर्तमान राष्ट्रपति यामान्डू ओरसीले एक्समा मुहिकाको मृत्युको जानकारी दिँदै लेखेका छन्, ‘तपाईंले हामीलाई जे जति दिनुभयो, त्यसका लागि धन्यवाद ।’

पूर्वराष्ट्रपति मुहिकाको मृत्युको कारण स्पष्ट भएको छैन । यद्यपि, उनी ओसोफेजियल क्यान्सरबाट पीडित थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register