३५ बलमै शतक बनाएका १४ वर्षीय वैभव भारतको यू–१९ राष्ट्रिय टोलीमा

काठमाडौं । इङ्ग्ल्याण्ड भ्रमणका लागि भारतको अन्डर–१९ क्रिकेट टोली घोषणा गरिएको छ । आयुष म्हात्रे टोलीको कप्तानीमा बिहीबार १५ सदस्यीय टोली घोषणा गरिएको हो । भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई)का अनुसार जुन २४ देखि सुरु हुने भ्रमणमा अभ्यास खेलबाहेक भारतीय टोलीले पाँच एकदिवसीय खेल र एक बहु–दिवसीय खेल पनि खेल्नेछ । इन्डियन प्रिमियर लिग (आईपीएल)मा […]

May 22, 2025 - 14:26
 0
३५ बलमै शतक बनाएका १४ वर्षीय वैभव भारतको यू–१९ राष्ट्रिय टोलीमा

काठमाडौं । इङ्ग्ल्याण्ड भ्रमणका लागि भारतको अन्डर–१९ क्रिकेट टोली घोषणा गरिएको छ । आयुष म्हात्रे टोलीको कप्तानीमा बिहीबार १५ सदस्यीय टोली घोषणा गरिएको हो ।

भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई)का अनुसार जुन २४ देखि सुरु हुने भ्रमणमा अभ्यास खेलबाहेक भारतीय टोलीले पाँच एकदिवसीय खेल र एक बहु–दिवसीय खेल पनि खेल्नेछ ।

इन्डियन प्रिमियर लिग (आईपीएल)मा उत्कृष्ट प्रदर्शन गरिरहेका वैभव सूर्यवंशीलाई पनि टोलीमा समावेश गरिएको छ । अभिज्ञान कुन्डु टोलीको उपकप्तान हुनेछन् ।

यू–१९ टोलीले जुलाई २३ देखि इङ्ल्यान्ड भ्रमणमा आफ्नो अन्तिम खेल खेल्नेछ ।

गत महिना राजस्थान रोयल्सका १४ वर्षीय वैभवले आईपीएलले दोस्रो छिटो शतकीय इनिङ्स खेलेका थिए । वैभवले गुजरात टाइटन्सविरुद्ध ३५ बलमै शतक लगाएका हुन् ।

आईपीएलको इतिहासमा सबैभन्दा कम बलमा शतक बनाउने खेलाडी वेस्ट इन्डिजका क्रिस गेल हुन् ।

सन् २०१३ मा गिलले बेंग्लोरबाट खेल्ने क्रममा पूणेविरुद्ध ३० बलमा शतक लगाएका थिए । वैभवले भने यसपालि राजस्थानका पूर्वखेलाडी युसुफ पठानको दोस्रो छिटो शतक तोडेका छन् । पठानले सन् २०१० मा मुम्बई इन्डियन्सविरुद्ध ३७ बलमा शतक बनाएका थिए ।

आईपीएलमा दोस्रो छिटो शतकीय इनिङ्सको रेकर्ड वैभवले आफ्नो नाममा लेखाएका छन् ।

यस्ताे छ India U-19 Squad :

Ayush Mhatre (Captain), Vaibhav Sooryavanshi, Vihaan Malhotra, Maulyarajsinh Chavda, Rahul Kumar, Abhigyan Kundu (Vice-Captain & WK), Harvansh Singh (WK), R S Ambrish, Kanishk Chouhan, Khilan Patel, Henil Patel, Yudhajit Guha, Pranav Raghavendra, Mohammed Enaan, Aditya Rana, Anmoljeet Singh

Standby Players: Naman Pushpak, D Deepesh, Vedant Trivedi, Vikalp Tiwari, Alankrith Rapole (WK)

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register