कोशीको पहिलो जित
काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा कोशी प्रदेश गण्डकी प्रदेशमाथि शान्दार जित हासिल गरेको छ । भैरहवास्थित एक्स्ट्रा टेक ओभलमा आइतबार भएको खेलमा कोशीले गण्डकीलाई ९ विकेटले हराएको हो । प्रतियोगितामा कोशीको यो पहिलो जित हो । यसअघि कोशी लगातार ४ खेलमा पराजित भएको थियो । ३२ रनको झिनो लक्ष्य कोशीले ८.२ ओभरमा १ विकेटको क्षतिमा […]

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा कोशी प्रदेश गण्डकी प्रदेशमाथि शान्दार जित हासिल गरेको छ ।
भैरहवास्थित एक्स्ट्रा टेक ओभलमा आइतबार भएको खेलमा कोशीले गण्डकीलाई ९ विकेटले हराएको हो । प्रतियोगितामा कोशीको यो पहिलो जित हो । यसअघि कोशी लगातार ४ खेलमा पराजित भएको थियो ।
३२ रनको झिनो लक्ष्य कोशीले ८.२ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्यो । कोशीका लागि सकिब हकले अविजित १६ रन बनाए । चिराग साहले १० रन बनाउँदा सोनु अन्सारी भने ४ रनमा अविजित रहे ।
गण्डकीका लागि सुवास भण्डारीले १ विकेट लिए ।
यस्तै, पहिले ब्याटिङ गरेको गण्डकी २०.४ ओभरमा ३१ रनमा अलआउट भयो ।
गण्डकीका कुनै पनि ब्याट्सम्यान चल्न सकेनन् । गण्डकीका लागि अर्जुन कुमालले सर्वाधिक ९ रन बनाए । कुनै पनि ब्याट्सम्यानले दोहोरो अङ्क छुन सकेनन् ।
कर्णालीका लागि विपिन महतोले ६ विकेट लिए । सो क्रममा उनले ८ ओभरमा १७ रन खर्चे । सो क्रममा उनले ३ मेडान ओभर पनि फाले ।
फिर्दोश अन्सारीले भने ३ विकेट लिए। उनले ८ ओभरमा १० रन खर्चे । साथै ५ मेडन ओभर फाले ।
दिपेश कंडेलले १ विकेट लिए ।
What's Your Reaction?






