श्रीकृष्ण प्रणामी मन्दिर भद्रपुरमा धार्मिक महोत्सवको तयारी पूरा

भद्रपुर, २० माघ । झापाको भद्रपुर–१ स्थित श्रीकृष्ण प्रणामी मन्दिरमा धार्मिक महोत्सव हुने भएको छ। मन्दिर स्थापनाको ५४ वर्षको उपलक्ष्यमा श्रीमत्तारतम ब्रह्मवाणी चर्चा तथा संगीतमय श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञसहित धार्मिक महोत्सव हुने भएको हो । आगामी फागुन ३ देखि ९ गतेसम्म चल्ने अनुष्ठान झापा मात्र नभई नेपाल तथा भारतभरिका कृष्णभक्तहरूलाई जोड्ने महायात्राको रूपमा लिइएको छ। [...] The post श्रीकृष्ण प्रणामी मन्दिर भद्रपुरमा धार्मिक महोत्सवको तयारी पूरा appeared first on Jhapa Online.

Feb 2, 2025 - 15:04
 0
श्रीकृष्ण प्रणामी मन्दिर भद्रपुरमा धार्मिक महोत्सवको तयारी पूरा

भद्रपुर, २० माघ । झापाको भद्रपुर–१ स्थित श्रीकृष्ण प्रणामी मन्दिरमा धार्मिक महोत्सव हुने भएको छ। मन्दिर स्थापनाको ५४ वर्षको उपलक्ष्यमा श्रीमत्तारतम ब्रह्मवाणी चर्चा तथा संगीतमय श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञसहित धार्मिक महोत्सव हुने भएको हो ।

आगामी फागुन ३ देखि ९ गतेसम्म चल्ने अनुष्ठान झापा मात्र नभई नेपाल तथा भारतभरिका कृष्णभक्तहरूलाई जोड्ने महायात्राको रूपमा लिइएको छ। यस ज्ञान महायज्ञमा श्रीकृष्ण प्रणामी धर्मका परम पूजनीय धर्माचार्य अनन्त श्री विभूषित जगद्गुरु आचार्य श्री कृष्णमणिजी महाराज तथा आचार्य श्री १०८ सूर्यनारायणदासजी महाराजको आशिर्वचन प्राप्त हुने आयोजकले जनाएको छ ।

कार्यक्रमको भव्य उद्घाटन मंगलधाम कालिम्पोङका अन्तर्राष्ट्रिय प्रवक्ता गुरुजी श्री १०८ मोहन प्रियाचार्यजी महाराजबाट गरिनेछ भने वृन्दावनधाम भारतका सन्तशिरोमणि स्वामी श्री १०८ सदानन्दजी महाराज, श्री नवतनधाम, काठमाडौंका श्री १०८ अमृतराजजी महाराज, मुक्तिधाम इटहरीका गादीपति श्री १०८ कृष्णदासजी महाराज, श्रीकृष्ण प्रणामी मन्दिर धरान गोपीधामका गादीपति श्री १०८ जगतनन्दन शास्त्रीजी महाराज लगायतको आगमन हुने जनाइएको छ ।

नेपालकी प्रथम भागवत वाचिका साध्वी श्री १०८ तारा माताजीको (कृष्णकृपाधाम, देवघाट) मुखारविन्दबाट संगीतमय श्रीमद्भागवत कथा प्रवाहित हुनेछ भने महामति प्राणनाथ संस्कृत विद्यापीठ, काठमाडौंका आचार्य श्री बिमलचन्द्र दाहालको दिव्य वाणीबाट श्रीमत्तारतम ब्रह्मवाणी चर्चा गरिनेछ।

महोत्सवलाई सफल बनाउन मूल आयोजक समितिले विशेष तयारी पूरा गरिसकेको छ। आयोजकका अनुसार हजारौं भक्तजनहरू धार्मिक लाभ लिन देशका विभिन्न भाग तथा छिमेकी राष्ट्र भारतबाट समेत उपस्थित हुने अपेक्षा गरिएको छ।

The post श्रीकृष्ण प्रणामी मन्दिर भद्रपुरमा धार्मिक महोत्सवको तयारी पूरा appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register