बेरूजु बढी हुने १० सङ्घीय मन्त्रालय : पहिलो अर्थ, पुच्छरमा स्वास्थ्य

काठमाडौं । महालेखा परीक्षकको कार्यालयले बढी बेरूजु हुने १० संघीय मन्त्रालयको विवरण सार्वजनिक गरेको छ । ६२औं प्रतिवेदन सार्वजनिक गर्दै महालेखकाले बढी बेरूजु हुने मन्त्रालयको विवरण सार्वजनिक गरेको हो । संघीय सरकारमा २१ वटा मन्त्रालय छन् । बढी बेरूजु हुनेमा अर्थ मन्त्रालय छ । अर्थको बेरूजु ३३ अर्बत्र, ७१ करोड १७ लाख छ । यस्तै, […]

May 14, 2025 - 12:12
 0
बेरूजु बढी हुने १० सङ्घीय मन्त्रालय : पहिलो अर्थ, पुच्छरमा स्वास्थ्य

काठमाडौं । महालेखा परीक्षकको कार्यालयले बढी बेरूजु हुने १० संघीय मन्त्रालयको विवरण सार्वजनिक गरेको छ ।

६२औं प्रतिवेदन सार्वजनिक गर्दै महालेखकाले बढी बेरूजु हुने मन्त्रालयको विवरण सार्वजनिक गरेको हो ।

संघीय सरकारमा २१ वटा मन्त्रालय छन् । बढी बेरूजु हुनेमा अर्थ मन्त्रालय छ । अर्थको बेरूजु ३३ अर्बत्र, ७१ करोड १७ लाख छ ।

यस्तै, दोस्रोमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय छ । उक्त मन्त्रालयको बेरूजु ६ अर्ब ४३ करोड ६४ लाख छ । तेस्रोमा १ अर्ब ६७ करोड १४ लाख सहित रक्षा मन्त्रालय छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय चौथोमा छ । उक्त मन्त्रालयको बेरूजु १ अर्ब, ५० लाख ६५ करोड छ ।

यता, पाचौँ नम्बरमा रहेको परराष्ट्र मन्त्रालयको बेरूजु १ अर्ब ५ करोड ३३ लाख छ । ऊर्जा, जलस्रोत तथा सिचाइ मन्त्रालयको बेरूजु ६५ करोड ५० लाख छ । सातौँ नम्बरमा शहरी विकास मन्त्रालय छ । जसको बेरूजु ६२ करोड ९ लाख छ ।

८औं नम्बरमा रहेको सञ्चार तथा सुचना प्रविधि मन्त्रालयको बेरूजु रकम ५० करोड २३ लाख छ भने ९औं नम्बरमा रहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको बेरूजु रकम ३८ करोड ४९ लाख छ ।

१०औं नम्बरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बेरूजु २३ करोड ६० लाख छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register