सन्दीपले क्यानसँग सम्झौता नगर्ने

काठमाडौं। नेपाली राष्ट्रिय टोलीका क्रिकेटर सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रिय सम्झौतालाई निरन्तरता नदिने घोषणा गरेका छन् । सन्दीपले सामाजिक संजालमार्फत् बुधबार उक्त निर्णय लिएको सार्वजनिक गरेका हुन् । सन्दीपको सो स्ट्याटसमा उनी क्रिकेट र राष्ट्रबाट टाढिएको नभएर व्यक्तिगत र व्यावसायिक रुपमा अघि बढ्न यो कदम चालेको उल्लेख छ । उनले क्यानलाई निरन्तर […]

May 14, 2025 - 14:32
 0
सन्दीपले क्यानसँग सम्झौता नगर्ने

काठमाडौं।

नेपाली राष्ट्रिय टोलीका क्रिकेटर सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रिय सम्झौतालाई निरन्तरता नदिने घोषणा गरेका छन् । सन्दीपले सामाजिक संजालमार्फत् बुधबार उक्त निर्णय लिएको सार्वजनिक गरेका हुन् ।

सन्दीपको सो स्ट्याटसमा उनी क्रिकेट र राष्ट्रबाट टाढिएको नभएर व्यक्तिगत र व्यावसायिक रुपमा अघि बढ्न यो कदम चालेको उल्लेख छ । उनले क्यानलाई निरन्तर साथका लागि धन्यवादसमेत दिए । क्यानको केन्द्रीय सम्झौतामा नरहे पनि उनी नेपालबाट खेल्ने प्रष्ट पारेका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्बी लामाले पनि सन्दीपको सो निर्णय आएको पुष्टि गरो छन् । क्यानले यस विषयमा छलफल गरेर निर्णय लिने पनि उनले बताए ।

यो अचम्मको निर्णय आइरहँदा सन्दीप नेपाली टोलीको स्कटल्यान्ड भ्रमणमा समावेश छन् । क्यानले गत फागुनमा सार्वजनिक गरेको ग्रेड विभाजनमा सन्दीप शीर्ष ए ग्रेडमा रहेका थिए । उनीसँगै कप्तान रोहित पौडेल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र आसिफ शेखले मासिक १ लाख रुपैयाँ पाउने प्रावधान थियो ।

गे्रेडअनुसार कसले कति पाउँछन्

१ लाख तलब ग्रेड ‘ए’ — रोहितकुमार पौडेल, दिपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, सोमपाल कामी र आशिफ शेख

७० हजार तलब ग्रेड ‘बी’ – कुशल भुर्तेल, गुलशन झा, करण केसी, ललित राजवंशी र अनिल साह

५५ हजार तलब ग्रेड ‘सी’ – सन्दीप जोरा, आरिफ शेख, भीम सार्की र कुशल मल्ल

३५ हजार तलब ग्रेड ‘डी’ – सागर ढकाल, लोकश बम, साहब आलम, आकाश चन्द, विवेक यादव, सूर्य तामाङ, रिजन ढकाल, देव खनाल, बसिर अहमद, प्रतिश जिसी, अविनाश बोहरा र मयन यादव

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register