क्यान अध्यक्षको मनपरि भएको गुरुङको आरोप

काठमाडौं। लुम्बिनी प्रदेश क्रिकेट संघका अध्यक्ष संजय गुरुङले उनीविरुद्ध आएको अविश्वासको प्रस्ताब अवैधानिक भएको भन्दै चाहेमा कानुनी उपचारसमेत खोज्ने बताएका छन् । उक्त प्रस्ताब ल्याइएको प्रक्रिया अवैधानिक तथा नियोजित भएको गुरुङले बताएका हुन् । उनीमाथिको अविश्वासको प्रस्तावमा निर्णय गर्न यही जेठ ३ गते विशेष साधारणसभा बोलाइएको छ । उनले यो अवैधानिक रहेकोले यसलाई रोक्न राष्ट्रिय […]

May 14, 2025 - 14:38
 0
क्यान अध्यक्षको मनपरि भएको गुरुङको आरोप

काठमाडौं।

लुम्बिनी प्रदेश क्रिकेट संघका अध्यक्ष संजय गुरुङले उनीविरुद्ध आएको अविश्वासको प्रस्ताब अवैधानिक भएको भन्दै चाहेमा कानुनी उपचारसमेत खोज्ने बताएका छन् ।

उक्त प्रस्ताब ल्याइएको प्रक्रिया अवैधानिक तथा नियोजित भएको गुरुङले बताएका हुन् । उनीमाथिको अविश्वासको प्रस्तावमा निर्णय गर्न यही जेठ ३ गते विशेष साधारणसभा बोलाइएको छ । उनले यो अवैधानिक रहेकोले यसलाई रोक्न राष्ट्रिय खेलकुद परिषद्मा निवेदन पनि दिएका छन् ।

अविश्वासको प्रस्ताब आएपछि नेपाल क्रिकेट संघ (क्यान) ले गुरुङलाई निलम्बन गरेर विशेष साधारणसभाको प्रक्रिया अगाडि बढाएको हो । उनले बुधबार पत्रकार सम्मेलनमा बताए कि क्यानका अध्यक्ष चतुरबहादुर चन्दले एकलौटी चलाएको आरोप लगाए ।

गुरुङका अनुसार उनीमाथिको अविश्वास प्रस्ताब र प्रस्ताब ल्याउनका लागि आधारका रुपमा प्रस्तुत गरिएको प्रादेशिक क्रिकेट संघ विनियमावली २०८१ नै आफैमा अवैधानिक छ । क्यानको साधारणसभाले प्रादेशिक क्रिकेट संघ विनियमावली २०८० पास गरिसकेको अवस्थामा अचानक अध्यक्षले नयाँ विनियमावली ल्याएर क्यान कब्जा गर्न खोजेको उनको आरोप थियो ।

उनले अध्यक्षले एकलौटी रुपमा यस्तो गर्न नमिलेको पनि बताए । अध्यक्ष चन्दले क्यान कब्जा गर्ने रणनीतिअनुसार पहिला सुदूरपश्चिम प्रदेश क्रिकेट संघमा अध्यक्षविरुद्ध कार्यसमितिका ११ जनालाई राजीनामा गराएको र त्यसपछि लुम्बिनीमा पनि अध्यक्ष फेर्ने षडयन्त्र थालेको उनको दाबी छ ।

उनले भने, ‘लुम्बिनीमा उहाँ सफल हुनुभयो भने अबको पालो कोशी प्रदेशको हो । सुदूरपश्चिममा उहाँले आक्रमण गर्दा नै त्यसपछि लुम्बिनी भनिएको थियो । अहिले त्यस्तै भयो । अब लुम्बिनीपछि कोशी भनिएको छ । सबै प्रदेशको पालो आउँछ । अनि जिल्लामा हस्तक्षेप गरेर चुनाव अघिसम्ममा सबैतिर आफ्नो एकलौटी गर्ने उहाँको योजना हो ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register