अवधि नसकिँदै १३ देशका राजदूत फिर्ता हुँदा राज्यको पौने ३ करोड खर्च

काठमाडौं । विभिन्न देशका राजदूतहरू समय अगावै स्वदेश फर्किँदा राज्यको पौने ३ करोड खर्च भएको छ । महालेखापरीक्षक कार्यालयले बुधवार सार्वजनिक गरेको प्रतिवेदनअनुसार तोकिएको अवधि अगावै १३ देशका राजदूत स्वदेश फिर्ता हुँदा रु. २ करोड ८६ लाख ६९ हजार खर्च लागेको हो । राजदूत नियुक्तिसम्बन्धी निर्देशिका, २०७५ को दफा ८ (क) मा राजदूतको पदावधि नियोगमा […]

May 14, 2025 - 15:18
 0
अवधि नसकिँदै १३ देशका राजदूत फिर्ता हुँदा राज्यको पौने ३ करोड खर्च

काठमाडौं । विभिन्न देशका राजदूतहरू समय अगावै स्वदेश फर्किँदा राज्यको पौने ३ करोड खर्च भएको छ ।

महालेखापरीक्षक कार्यालयले बुधवार सार्वजनिक गरेको प्रतिवेदनअनुसार तोकिएको अवधि अगावै १३ देशका राजदूत स्वदेश फिर्ता हुँदा रु. २ करोड ८६ लाख ६९ हजार खर्च लागेको हो ।

राजदूत नियुक्तिसम्बन्धी निर्देशिका, २०७५ को दफा ८ (क) मा राजदूतको पदावधि नियोगमा हाजिर भएको मितिले ४ वर्षको हुने उल्लेख छ । तर, अवधि सकिनु अगावै स्वदेश फर्किएका भारत, अमेरिका, बेलायत, साउदी अरब, दक्षिण कोरिया, मलेसिया, स्पेन, डेनमार्क, इजरायल, कतार, चीन, रसिया र श्रीलङ्कासमेत १३ देशका राजदूत स्वदेश फर्किँदा उक्त रकम खर्च भएको हो ।

प्रतिवेदनमा उल्लेख छ, ‘१३ देशका राजदूत स्वदेश फर्किँदा बिमा बापत रु. १ करोड १३ लाख ९६ हजार, हवाई टिकट बापत रु. १ करोड २४ लाख ४३ हजार र ढुवानीबापत रु. ४८ लाख ३० हजारसमेत रु.२ करोड ८६ लाख ६९ हजार खर्च भएको देखिन्छ ।’

कार्य अवधि पूरा नहुँदै राजदूत फिर्ता गर्दा बिमा, हवाई टिकट तथा ढुवानीमा सोही अनुपातमा खर्च हुने हुँदा राज्यको दायित्व बढ्ने देखिएको महालेखाको भनाइ छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register