हल्दिबारीमा भूमी समस्या सम्बन्धी एकदिने गोष्ठी

हल्दिबारी, ३१ बैशाख । झापाको हल्दिबारी गाउँपालिकामा भूमी समस्या सम्बन्धी एक दिने अभिमुखीकरण गोष्ठी सम्पन्न भएको छ। हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्रप्रसाद लिङदेनको अध्यक्षतामा भएको कार्यक्रममा भूमी सम्बन्धी समस्या समाधान आयोग जिल्ला आयोग अध्यक्ष मदन अधिकारीको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रमका स्वागत तथा औचित्य माथि प्रकाश पालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बन ९महेन्द० पारेका थिए [...] The post हल्दिबारीमा भूमी समस्या सम्बन्धी एकदिने गोष्ठी appeared first on Jhapa Online.

May 14, 2025 - 15:16
 0
हल्दिबारीमा भूमी समस्या सम्बन्धी एकदिने गोष्ठी

हल्दिबारी, ३१ बैशाख । झापाको हल्दिबारी गाउँपालिकामा भूमी समस्या सम्बन्धी एक दिने अभिमुखीकरण गोष्ठी सम्पन्न भएको छ। हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्रप्रसाद लिङदेनको अध्यक्षतामा भएको कार्यक्रममा भूमी सम्बन्धी समस्या समाधान आयोग जिल्ला आयोग अध्यक्ष मदन अधिकारीको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रमका स्वागत तथा औचित्य माथि प्रकाश पालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बन ९महेन्द० पारेका थिए । उनले भूमी सम्बन्धी समस्याका बारेमा हाल भइरहेका गतिबिधी र अब गर्नुपर्ने काम, आएका समस्याहरुको बारेमा छलफल तथा जनप्रतिनिधिहरुले विज्ञ समक्ष प्रश्नहरु राखेका थिए।

हल्दीबारी गाउँपालिकामा रहेका सुकुम्बासीहरूको समस्या समाधान, अव्यवस्थित बसोबास, धनी पुर्जा वितरण लगायतका बारेमा विज्ञहरुले प्रष्ट पारेका थिए कार्यक्रममा बोल्दै अध्यक्ष लिङदेनले भूमी सम्बन्धी समस्या समाधान गर्न पालिकाले आयोगसँग समन्वय गर्ने बताए। कार्यक्रमको सञ्चालन पालिकाका योजना शाखा प्रमुख राजन न्यौपानेले गरेका थिए।

कार्यक्रममा उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरू, वडा सदस्यहरुसहित रानीतिक दलका प्रमुख तथा प्रतिनिधीहरुको उपस्थिति रहेको थियो।

The post हल्दिबारीमा भूमी समस्या सम्बन्धी एकदिने गोष्ठी appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register