महालक्ष्मी विकास बैंकले ऋण उठाउन सहयोग गर्नेलाई मोटो रकम दिने, क्रेडिटका कर्मचारीले अब काम गर्नु नपर्ने !

काठमाडौँ । महालक्ष्मी विकास बैंकले ऋण उठाउन सहयोग गर्नेलाई मोटो रकम दिने भएको छ । कम्पनीले फसेको ऋण असुली तथा असुली सम्बन्धमा सहजीकरण गर्नका लागि डोल्मा कन्सल्टेन्सीसँग सम्झौता गरेको छ । कर्जा असुली सम्बन्धमा असुली परामर्शदाताको रुपमा कार्य गर्नेगरी उक्त कन्सल्टेन्सीसँग सम्झौता गरिएको बैंकले जनाएको छ ।  योसँगै अब उक्त कन्सल्टेन्सीले बैंकको खराब कर्जा असुली […]

Feb 3, 2025 - 07:15
 0
महालक्ष्मी विकास बैंकले ऋण उठाउन सहयोग गर्नेलाई मोटो रकम दिने, क्रेडिटका कर्मचारीले अब काम गर्नु नपर्ने !

काठमाडौँ । महालक्ष्मी विकास बैंकले ऋण उठाउन सहयोग गर्नेलाई मोटो रकम दिने भएको छ । कम्पनीले फसेको ऋण असुली तथा असुली सम्बन्धमा सहजीकरण गर्नका लागि डोल्मा कन्सल्टेन्सीसँग सम्झौता गरेको छ ।

कर्जा असुली सम्बन्धमा असुली परामर्शदाताको रुपमा कार्य गर्नेगरी उक्त कन्सल्टेन्सीसँग सम्झौता गरिएको बैंकले जनाएको छ । 

योसँगै अब उक्त कन्सल्टेन्सीले बैंकको खराब कर्जा असुली प्रणाली सुदृढ गर्न तथा खराब कर्जा व्यवस्थापन गर्न बैंकलाई र कर्जा ग्राहकलाई सहजीकरण गर्नेछ । उक्त कार्यका लागि कन्सल्टेन्सीले अन्तराष्ट्रिय स्तरको सफ्टवेयरको प्रयोग गर्ने बताइएको छ । 

केही दिनअघि हिमालयन बैंकले पनि कर्जा असुलीका लागि व्यक्तिसँग सम्झौता गरेर अपहरण शैलीमा ऋणीको सम्पत्ति ‘हडप्ने’ गरेको घटना बाहिरिएको थियो । यहीबीच महालक्ष्मी विकास बैंकले पनि कर्जा असुलीका लागि सोही प्रकृतिको सम्झौता गरेको हो । बैंकले परामर्श र सहजिकरणका लागि कन्सल्टेन्सीसँग सम्झौता गरेको भए पनि उक्त कन्सल्टेन्सीले ऋण असुलीका लागि काम गर्नेछ भने सो बापत बैंकसँग मोटो रकम लिनेछ ।

यसो त कर्जा उठेन, ऋणीले किस्ता तिरेनन्, कर्जा अनियमित भयो भने कर्जा असुलीमा काम गर्न बैंकले छुट्टै डिपार्टमेन्ट छुट्याएको हुन्छ । तर, उक्त काम गर्नेगरी कन्सल्टेन्सीसँग सम्झौता गरेसँगै क्रेडिटका कर्मचारी भने फुर्सदिला हुने भएका छन् । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register