जेठ १४ गतेदेखि सर्वसाधारणका लागि खुल्दै ट्रेड टावरको आईपीओ 

काठमाडौँ । ट्रेड टावरले जेठ १४ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आईपीओ जारी गरेर बाँडफाँड गरेको कम्पनीले अब भने सर्वसाधारणका लागि आईपीओ जारी गर्न लागेको हो ।  जेठ १४ गते कम्पनीले ३२ करोड ९६ लाख ५० हजार ५ सय १९ रुपैयाँ बराबरको ३२ […]

May 19, 2025 - 04:00
 0
जेठ १४ गतेदेखि सर्वसाधारणका लागि खुल्दै ट्रेड टावरको आईपीओ 

काठमाडौँ । ट्रेड टावरले जेठ १४ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आईपीओ जारी गरेर बाँडफाँड गरेको कम्पनीले अब भने सर्वसाधारणका लागि आईपीओ जारी गर्न लागेको हो । 

जेठ १४ गते कम्पनीले ३२ करोड ९६ लाख ५० हजार ५ सय १९ रुपैयाँ बराबरको ३२ लाख ९६ हजार ५०५.१९ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्ने कम्पनीले जनाएको छ । उक्त सेयरको अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजीको ४८.६९६ प्रतिशतका दरले हुने ३९ करोड ७१ लाख ६९ हजार तीन सय रुपैयाँ बराबरको ३९ लाख ७१ हजार ६ सय ९३ कित्ता सेयर निष्कासनको अनुमति पाएको थियो । जसमध्ये कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ३ लाख ३ लाख ९७ हजार १६९.३० कित्ता, सामूहिक लगानी कोषहरुका लागि १ लाख ९८ हजार ५८४.६५ कित्ता र कर्मचारीहरुका लागि ७९ हजार ४३३.८६ कित्ता सेयर निष्कासन गरेर बाँडफाँडसमेत गरिसकेको छ । 

जेठ १५ गतेदेखि जारी हुने ट्रेड टावरको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । आईपीओ भर्ने अन्तिम मिती जेठ १९ गते तोकिएको छ । सो अवधिमा आईपीओमा पूर्ण आवेदन नपरे आईपीओ भर्ने अवधि जेठ २८ गतेसम्म पुर्याइनेछ । 

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको आईपीओमा धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि-आस्बा प्रणाली मार्फत आवेदन दिन सकिनेछ । कम्पनीले आईपीओ निष्कासनका लागि इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register