मुक्तिनाथ विकास बैंकमा लापरवाहीको ‘पराकाष्ठा’, झुठो विवरणका आधारमा पनि बैंक खाता खोलियो !  

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले झुठो विवरणका आधारमा बैंक खाता खोलिदिने गरेको पाइएको छ । बैंकले अर्कैको नागरिकताका आधारमा बैंकमा खाता खोलिदिने गरेको पाइएको हो ।  अर्थ सरोकारको सम्पर्कमा आएका पीडितका अनुसार आफ्नो हराएको नागरिकताका आधारमा मुक्तिनाथ विकास बैंकमा अमुक व्यक्तिले बैंक खाता खोलेका छन् ।  नाम आफ्नो, नागरिकता आफ्नो र सबै विवरण आफ्नो राखेर […]

Mar 9, 2025 - 07:33
 0
मुक्तिनाथ विकास बैंकमा लापरवाहीको ‘पराकाष्ठा’, झुठो विवरणका आधारमा पनि बैंक खाता खोलियो !  

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले झुठो विवरणका आधारमा बैंक खाता खोलिदिने गरेको पाइएको छ । बैंकले अर्कैको नागरिकताका आधारमा बैंकमा खाता खोलिदिने गरेको पाइएको हो । 

अर्थ सरोकारको सम्पर्कमा आएका पीडितका अनुसार आफ्नो हराएको नागरिकताका आधारमा मुक्तिनाथ विकास बैंकमा अमुक व्यक्तिले बैंक खाता खोलेका छन् । 

नाम आफ्नो, नागरिकता आफ्नो र सबै विवरण आफ्नो राखेर बैंकमा खाता खोलेको पाइएपछि उनी अचम्ममा परेका छन् । ‘मेरो हराएको नागरिकता प्रयोग गरेर मुक्तिनाथ विकास बैंकमा खाता खोलिएछ ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै ती कर्मचारीले भने, ‘जबकी म खाता खोल्न भनेर मुक्तिनाथ विकास बैंकमा गएकै छैन ।’

ती पीडितका अनुसार बैंकमा उनको हराएको नागरिकता प्रयोग गरेर खाता खोलिएको देखिन्छ । यहाँ हराएको नागरिकता प्रयोग गरेर अमुक व्यक्तिले खाता खोल्ने क्रममा बैंकले सामान्य विषयसमेत नहेरेको देखिएको छ । 

बैंकले भने बैंक खाता खोल्न पुग्ने कागजात पेश भएपछि खाता खोलिएको दाबी गरेको छ । तर, एक व्यक्तिको नागरिकता प्रयोग गरेर अर्कै व्यक्तिले खाता खोल्न कसरी मिल्यो ? भन्ने प्रश्न टड्कारो बनेको छ । यद्यपि यहाँनेर बैंककै लापरवाही देखिएको जानकारहरु बताउँछन् । नागरिकता पेश गरेकै आधारमा अमुक व्यक्तिले अरु कसैको नाममा खाता खोल्दा त्यसले भविष्यमा गम्भीर वित्तीय जोखिम निम्त्याउन सक्ने जानकारहरुले बताएका छन् । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register