हितेन्द्रको ‘रेडिमेड’ जवाफ- ‘प्राविधिक समस्याले बत्ती गयो’

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राविधिक समस्याका कारण बत्ती गएको दाबी गरेका छन् । बिना सूचना झ्यापझ्याप बत्ती जान थालेपछी आकस्मिक पत्रकार सम्मेलन गर्दै शाक्यले प्राविधिक कारणले बत्ती गएको दाबी गरेका हुन् । उनले लोडसेडिङ गर्ने वा हुनुपर्ने कुनै नियत नभएको भन्दै बत्ती जानुमा प्राविधिक समस्या कारण रहेको बताएका छन् । […]

May 16, 2025 - 08:46
 0
हितेन्द्रको ‘रेडिमेड’ जवाफ- ‘प्राविधिक समस्याले बत्ती गयो’

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राविधिक समस्याका कारण बत्ती गएको दाबी गरेका छन् । बिना सूचना झ्यापझ्याप बत्ती जान थालेपछी आकस्मिक पत्रकार सम्मेलन गर्दै शाक्यले प्राविधिक कारणले बत्ती गएको दाबी गरेका हुन् ।

उनले लोडसेडिङ गर्ने वा हुनुपर्ने कुनै नियत नभएको भन्दै बत्ती जानुमा प्राविधिक समस्या कारण रहेको बताएका छन् ।

पछिल्लो केही सातायता देशभरका विभिन्न ठाउँमा बिना सूचना झ्यापझ्याप बत्ती गइरहेको छ । बिहीबार साँझ पनि करिब दुई घण्टा बत्ती गएको थियो । तीन पटकसम्म बत्ती गएपछि नागरिकहरुले प्राधिकरणमा फोन गरेरै कर्मचारीलाई गाली गरेका थिए ।

लोडसेडिङका विषयमा व्यापक जनगुनासो आउन थालेपछी शाक्यले आकस्मिक पत्रकार सम्मेलन गर्दै प्राविधिक समस्याले बत्ती गएको दाबी गरे । उनले बत्ती गएको विषयलाई प्राधिकरणले गम्भीरतापूर्वक लिएको बताएका छन् । बिहीबार शाक्यले भार तथा वितरण प्रणालीको निरीक्षण समेत गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register