दक्षिण कोरिया पठाउने भन्दै झण्डै २७ लाख ठग्ने यादव पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया पठाउने भन्दै रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । कोरियामा आकर्षक तलब हुन्छ भन्दै प्रलोभनमा पारेर तीन जनाबाट २६ लाख ८० हजार ठग्ने ३२ वर्षीय रमेश कुमार यादवलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई पीडितहरुले दिएको उजुरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरीटोलीले […]

May 21, 2025 - 08:08
 0
दक्षिण कोरिया पठाउने भन्दै झण्डै २७ लाख ठग्ने यादव पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया पठाउने भन्दै रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । कोरियामा आकर्षक तलब हुन्छ भन्दै प्रलोभनमा पारेर तीन जनाबाट २६ लाख ८० हजार ठग्ने ३२ वर्षीय रमेश कुमार यादवलाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई पीडितहरुले दिएको उजुरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरीटोलीले जेठ ६ गते कगेश्वरी मनोहरा नगरपालिका वडा नं.  १६ पेप्सीकोलाबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार यादवले दक्षिण कोरिया लैजाने भन्दै पीडितलाई झुक्यानमा रकम ठगी गरेर सम्पर्क विहीन भएका थिए । हाल उनलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको प्रहरीले जनाएको छ ।

पछिल्लो समय देशमा रोजगारीको अभाव हुँदा नेपालीहरु काम खोज्दै विदेश जाने गरेका छन् । विदेश जाने चक्करमा यसरी ठगीमा पर्नेहरु पनि बढिरहेका छन् । विदेश पठाउने भन्दै रकम ठगेर फरार हुनेको संख्या पनि दिनानुदिन बढ्दो छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register