नेपाल बैंकमा फेरि अर्को लफडा, सञ्चालक ध्रुव भट्टराईलाई काम नगराउन अदालतको आदेश

काठमाडौँ । नेपाल बैंकका सञ्चालक ध्रुव भट्टराईलाई काम नगर्न/नगराउन अदालतले आदेश दिएको छ । उच्च अदालत पाटनका न्यायाधीश टंकप्रसाद गुरुङको एकल इजलासले कर्मचारी सञ्चय कोषको प्रतिनिधि भएर आएका बैंकका सञ्चालक भट्टराई काम नगर्न/नगराउन अल्पकालीन अन्तरिम आदेश दिएको हो ।  बैंक सञ्चालकमा भट्टराईको नियुक्ति नियमसंगत नभएको भन्दै अदालतमा रिट दायर भएको थियो । उक्त रिट बैंकका […]

Jun 17, 2025 - 11:31
 0
नेपाल बैंकमा फेरि अर्को लफडा, सञ्चालक ध्रुव भट्टराईलाई काम नगराउन अदालतको आदेश

काठमाडौँ । नेपाल बैंकका सञ्चालक ध्रुव भट्टराईलाई काम नगर्न/नगराउन अदालतले आदेश दिएको छ । उच्च अदालत पाटनका न्यायाधीश टंकप्रसाद गुरुङको एकल इजलासले कर्मचारी सञ्चय कोषको प्रतिनिधि भएर आएका बैंकका सञ्चालक भट्टराई काम नगर्न/नगराउन अल्पकालीन अन्तरिम आदेश दिएको हो । 

बैंक सञ्चालकमा भट्टराईको नियुक्ति नियमसंगत नभएको भन्दै अदालतमा रिट दायर भएको थियो । उक्त रिट बैंकका पूर्वसञ्चालक विवेकशमशेर जबराले दायर गरेका थिए । 

सोही रिटमाथिको सुनुवाइका क्रममा अदालतले सञ्चालक भट्टराईलाई काम नगर्न/नगराउन आदेश जारी गरेको हो । त्यस्तै, अदालतले रिटमा माग भए बमोजिम आदेश जारी हुनु नपर्ने भए कारणसहित लिखित प्रमाण पेश गर्न समेत आदेश दिएको छ । अदालतले असार ४ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । 

यसो त यसअघि सञ्चालकको उम्मेदवारीका विषयमा विवाद हुँदा पूर्वसञ्चालक जबरा सञ्चालकको निर्वाचन रोक्न माग गर्दै अदालत पुगेका थिए । 

त्यसबेला अदालतले जबराकै पक्षमा फैसला गर्दै तीन जना सञ्चालकको निर्वाचन रोक्न आदेश दिएको थियो । तर, सो मुद्दा अदालतमा विचाराधीन रहकै बेला बैंकले सञ्चालक समितिमा कर्मचारी सञ्चय कोषका प्रतिनिधिका रुपमा भट्टराई नियुक्त गरेको भन्दै जबराले अदालतमा रिट दायर गरेका थिए । सोही रिटमाथिको सुनुवाइका क्रममा अदालतले भट्टराईलाई सञ्चालकका रुपमा काम नगर्न/नराउन आदेश जारी गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register