राजस्व सुधारसम्बन्धी प्रतिवेदन बुझ्दै मुख्यमन्त्री लामाले भने – आत्मनिर्भर अर्थतन्त्र आवश्यक

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले आत्मनिर्भर अर्थतन्त्र आवश्यक भएको बताएका छन् । राजस्व सुधार अध्ययन समितिले तयार पारेको प्रतिवेदन बुझ्दै मुख्यमन्त्री लामाले नीतिगत सुधारबाट मात्र दिगो विकास हुने बताएका छन् । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री लामाले अध्ययन प्रतिवेदन अध्ययनमा मात्र सीमित हुन नहुने भन्दै केस्रा/केस्रा केलाएर […]

May 21, 2025 - 11:26
 0
राजस्व सुधारसम्बन्धी प्रतिवेदन बुझ्दै मुख्यमन्त्री लामाले भने – आत्मनिर्भर अर्थतन्त्र आवश्यक

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले आत्मनिर्भर अर्थतन्त्र आवश्यक भएको बताएका छन् ।

राजस्व सुधार अध्ययन समितिले तयार पारेको प्रतिवेदन बुझ्दै मुख्यमन्त्री लामाले नीतिगत सुधारबाट मात्र दिगो विकास हुने बताएका छन् ।

प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री लामाले अध्ययन प्रतिवेदन अध्ययनमा मात्र सीमित हुन नहुने भन्दै केस्रा/केस्रा केलाएर प्रतिवेदन कार्यान्वयन गरिने प्रतिबद्धता जनाए । गुरु योजना बनाएर प्रदेशको योजना कार्यान्वयन गर्नुपर्ने मुख्यमन्त्रीले बताए ।

प्रदेश सरकारले बनाएको राजस्व सुधार अध्ययन समितिका संयोजक किशोर जंग कार्कीको टिमले प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेलाई मुख्यमन्त्री लामाको रोहवरमा प्रतिवेदन बुझाएको छ ।

मन्त्रायबाट प्रदेशको राजस्व वृद्धि र नीतिगत सुधारका लागि अध्ययन गर्न तीन महिना अघि कार्कीको संयोकत्वमा ५ सदस्यीय समिति गठन गरिएको थियो ।

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री काफ्लेले नीतिगत सुधारमा भएका कानुनी समस्या समाधान गरी आजैबाट कामको थालनी गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । मन्त्री काफ्लेले भने, ‘समस्या र सामाजिक व्यवहारिक कठिनाइसँग जुधेर समस्यलाई पार लगाउनुपर्ने आजको आवश्यकता हो ।’ उनले आफ्नै खुट्टामा अडिएर प्रदेश सरकार चलाउन सकिन्छ भनेर देखाउन जरुरी रहेको बताए ।

प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. गंगादत्त नेपालले प्रतिवेदनले दिएका सुझावलाई आगामी आर्थिक वर्षको बजेट बनाउँदा समेट्ने भन्दै प्रतिवेशन प्रदेशको आर्थिक र नीतिगत सुधारमा महत्वपूर्ण दस्ताबेजमा रुपमा रहने बताए ।

समितिका संयोजक कार्कीले प्रतिवेदनमा समेटिएका विषय बस्तुका बारेमा जानकारी गराएपश्चात प्रतिवेदनले दिएका सुझावले प्रदेशको राजस्व र आर्थिक अवस्था सुधारमा सहयोग पुग्ने मन्त्रालयका सचिव कृष्णप्रसाद मैनालीले विश्वास व्यक्त गरे ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register