माओवादी केन्द्रद्वारा इरान र इजरायलमा रहेका नेपालीहरुको सुरक्षाको लागि पहल गर्न सरकारसँग आग्रह

काठमाडौं । नेकपा (माओवादी केन्द्र) देवेन्द्र पौडेलले इरान र इजरायलमा रहेका नेपालीहरुको सुरक्षाको लागि पहल गर्न सरकारसँग आग्रह गरेका छन् । प्रतिनिधि सभाको आईतबारको बैठकमा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् । करिव ७ हजार नेपाली इजरायलमा र केही नेपालीहरु इरानमा पनि रहेको भन्दै उद्धारका लागि छिटो पहल गर्न आग्रह गरे । उनले इजरायल र […]

Jun 15, 2025 - 08:49
 0
माओवादी केन्द्रद्वारा इरान र इजरायलमा रहेका नेपालीहरुको सुरक्षाको लागि पहल गर्न सरकारसँग आग्रह

काठमाडौं ।

नेकपा (माओवादी केन्द्र) देवेन्द्र पौडेलले इरान र इजरायलमा रहेका नेपालीहरुको सुरक्षाको लागि पहल गर्न सरकारसँग आग्रह गरेका छन् ।

प्रतिनिधि सभाको आईतबारको बैठकमा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् । करिव ७ हजार नेपाली इजरायलमा र केही नेपालीहरु इरानमा पनि रहेको भन्दै उद्धारका लागि छिटो पहल गर्न आग्रह गरे ।

उनले इजरायल र इरानमा रहेका नेपालीहरुको सुरक्षाका लागि कुटनीतिक वृत्तबाट तदारुकतासथ पहल गर्न आग्रह गरे ।

बाढी र पहिरोका कारण देशका विभिन्न ठाउँमा यातायात प्रणाली अवरुद्ध भएको भन्दै छिटो मर्मतगरी सुचारु गर्न आग्रह गरे ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register