भक्तपुरबाट नक्कली इन्स्पेक्टर पक्राउ

काठमाडौँ।   भक्तपुरबाट नक्कली इन्स्पेक्टर पक्राउ परेका छन्। प्रहरीले जेठ ६ गते राति भोजपुर साल्पासिलिछो गाउँपालिका-३ घर भएका २३ वर्षीय सुजन गिरीलाई पक्राउ गरेको हो। उनलाई ठिमी नगरपालिका-२ दिव्यस्वरी नेवा भुटु रेस्टुरेन्ट अगाडिबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ। उनले आफ्नो मोबाइलको वालपेपरमा इन्स्पेक्टरको बर्दी लगाएको फोटो राखेका थिए। नक्कली प्रहरी बनेर मानिसहरूलाई अशान्ति […]

May 21, 2025 - 16:20
 0
भक्तपुरबाट नक्कली इन्स्पेक्टर पक्राउ

काठमाडौँ। 

 भक्तपुरबाट नक्कली इन्स्पेक्टर पक्राउ परेका छन्। प्रहरीले जेठ ६ गते राति भोजपुर साल्पासिलिछो गाउँपालिका-३ घर भएका २३ वर्षीय सुजन गिरीलाई पक्राउ गरेको हो।

उनलाई ठिमी नगरपालिका-२ दिव्यस्वरी नेवा भुटु रेस्टुरेन्ट अगाडिबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।

उनले आफ्नो मोबाइलको वालपेपरमा इन्स्पेक्टरको बर्दी लगाएको फोटो राखेका थिए। नक्कली प्रहरी बनेर मानिसहरूलाई अशान्ति फैलाउँदै हिँडेको गुनासो आएपछि ठिमी प्रहरी वृत्तले गिरीलाई पक्राउ गरेको थियो।

उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register