युक्रेनका पूर्व शीर्ष अधिकारीको स्पेनमा हत्या
एजेन्सी । युक्रेनका पूर्व शीर्ष अधिकारी आन्द्रेई पोर्टनोभको स्पेनको राजधानी म्याड्रिडस्थित एक अमेरिकी विद्यालय बाहिर गोली हानी हत्या गरिएको छ। ५१ वर्षीय पोर्टनोभमाथी मड्रिडको पोजुएलो डे आलार्कोन क्षेत्रमा रहेको विद्यालयमा आफ्ना छोराछोरीलाई छोडेपछि गाडीतर्फ फर्कँदै गर्दा पार्किङ क्षेत्रमा हमला भएको बीबीसीले जनाएको छ । प्रत्यक्षदर्शीका अनुसार कम्तीमा एकजना अज्ञात आक्रमणकारीले उनलाई लक्षित गर्दै धेरै गोली […]

एजेन्सी । युक्रेनका पूर्व शीर्ष अधिकारी आन्द्रेई पोर्टनोभको स्पेनको राजधानी म्याड्रिडस्थित एक अमेरिकी विद्यालय बाहिर गोली हानी हत्या गरिएको छ।
५१ वर्षीय पोर्टनोभमाथी मड्रिडको पोजुएलो डे आलार्कोन क्षेत्रमा रहेको विद्यालयमा आफ्ना छोराछोरीलाई छोडेपछि गाडीतर्फ फर्कँदै गर्दा पार्किङ क्षेत्रमा हमला भएको बीबीसीले जनाएको छ ।
प्रत्यक्षदर्शीका अनुसार कम्तीमा एकजना अज्ञात आक्रमणकारीले उनलाई लक्षित गर्दै धेरै गोली प्रहार गरे र नजिकैको सार्वजनिक पार्कमा पर्ने जंगलतिर भागेको समाचारमा उल्लेख छ ।
भिक्टर यानुकोविचको शासनकालमा पोर्टनोभ सांसद र प्रशासनको उपप्रमुख थिए। रुस निकट मानिने यानुकोविचलाई सन् २०१४ मा महिनौँ लामो विरोध प्रदर्शनपछि सत्ताच्युत गरिएको थियो। पोर्टनोभ यसअघि युलिया टिमोशेन्कोको पार्टीबाट सांसद बनेका थिए तर यानुकोविच २०१० मा राष्ट्रपतिको चुनाव जितेपछि उनको टोलीमा गएका थिए।
आन्दोलनपछि उनी युक्रेनबाट बाहिरिएका थिए तर २०१९ मा भोलोडिमिर जेलेन्स्की राष्ट्रपतिमा निर्वाचित भएपछि पुनः युक्रेन फर्केका थिए। त्यसपछि उनी फेरि युक्रेनबाट बाहिरिए। सन् २०२१ मा अमेरिकी वित्त मन्त्रालयले उनलाई प्रतिबन्ध लगाएको थियो।
बुधबार स्थानीय समय अनुसार बिहान ०९:१५ बजेतिर भएको उक्त गोलीकाण्ड कसले गरायो भन्ने कुरा अझै स्पष्ट नभएको बीबीसीले उल्लेख गरेको छ । प्रत्यक्षदर्शीहरूले पाँच/छ वटा गोली चलेको बताएका छन्।
What's Your Reaction?






