पूर्व गभर्नर नेपालको तर्क – ‘बाफिया विधेयक जस्ताको त्यस्तै पास हुनु हुँदैन, सञ्चालकको संख्या ११-१२ हुनुपर्छ’

काठमाडौँ । पूर्व गभर्नर चिरञ्जीवी नेपालले अहिलेको बाफिया विधेयक जस्ताको त्यस्तै पास भए बैंकमा पैसा अझ धेरै थुप्रने भएकाले त्यसो गर्न नहुने र बैंकहरुमा सञ्चालकको संख्या ११-१२ जना हुनुपर्ने बताएका छन् । उनले अहिले राखिएका प्रावधान लगानी विस्तारका लगानी बाधक हुने बताउँदै त्यसलाई सच्याउन सुझाव दिएका छन् ।  । ‘बैंक वित्तीय संस्थासम्बन्धि बाफिया जस्ताको त्यस्तै […]

May 22, 2025 - 03:17
 0
पूर्व गभर्नर नेपालको तर्क – ‘बाफिया विधेयक जस्ताको त्यस्तै पास हुनु हुँदैन, सञ्चालकको संख्या ११-१२ हुनुपर्छ’

काठमाडौँ । पूर्व गभर्नर चिरञ्जीवी नेपालले अहिलेको बाफिया विधेयक जस्ताको त्यस्तै पास भए बैंकमा पैसा अझ धेरै थुप्रने भएकाले त्यसो गर्न नहुने र बैंकहरुमा सञ्चालकको संख्या ११-१२ जना हुनुपर्ने बताएका छन् । उनले अहिले राखिएका प्रावधान लगानी विस्तारका लगानी बाधक हुने बताउँदै त्यसलाई सच्याउन सुझाव दिएका छन् ।  ।

‘बैंक वित्तीय संस्थासम्बन्धि बाफिया जस्ताको त्यस्तै पास भयो भने अहिले बैंकमा पैसा थ्रुपिएको छ नि, अझै धेरै थ्रुप्रिन्छ । नियामक निकाय राष्ट्र बैंकलाई पनि आनन्द, बैंक तथा वित्तीय संस्था पनि सेल्फ नियमन गर्ने निकाय हो उसलाई पनि आनन्द हुन्छ । पैसा लैजाँदैनन् कसैले । समस्या कहाँ छ भने हामी स्पष्ट रुपमा बैंक केका लागि भनेर बुझ्न सकेनौं । बैंक हामीले किन राख्छाौं । के उद्देश्यले बैंक राख्ने ? बैंकमा लगानी किन गराउने ? यसमा नबुझि हचुवाकै भरमा कानूनहरु बनाइनु हुँदैन ।’ उनले भने ।

डिजिटल बैंकको दायरा स्पष्ट व्यवस्था गर्नुपर्ने बताउँदै उहाँले कर्जा असुली सम्बन्धि जमानकर्ता र ऋणीलाई एउटै रुपमा हेर्नुपर्ने उनको भनाई छ । सम्पत्ति व्यवस्थान कम्पनी १५/२० वर्षदेखि आएपनि लागू हुन नसकेको बताउँदै यसलाई कार्यान्वयनमा लैजान जरुरी रहेको तर्क गर्दै उनले बैंक सञ्चालकको संख्या ११-१२ जना हुनुपर्नेमा जोड दिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register