माधव सापकोटाको आग्रह : शिक्षकलाई आन्दोलनकारी नबनाऔँ

काठमाडौं । प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै माओवादी केन्द्रका सांसद माधव सापकोटाले शिक्षकहरूलाई आन्दोलनकारी नबनाउन आग्रह गरेका छन् । सापकोटाले शिक्षकको माग सम्बोधन गर्न सरकारलाई निर्देशन दिएका छन् । ‘एक वर्षअघि नेपाल शिक्षक महासङ्घको नेतृत्वमा काठमाडौंमा ठूलो आन्दोलन भयो । सरकारसँग केही सहमतिहरू पनि भए । सहमतिअनुसार हामी सांसदहरूले शिक्षा ऐनमाथि संशोधनसमेत दर्ता गर्‍यौँ,’ सापकोटाले […]

Mar 6, 2025 - 08:20
 0
माधव सापकोटाको आग्रह : शिक्षकलाई आन्दोलनकारी नबनाऔँ

काठमाडौं । प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै माओवादी केन्द्रका सांसद माधव सापकोटाले शिक्षकहरूलाई आन्दोलनकारी नबनाउन आग्रह गरेका छन् । सापकोटाले शिक्षकको माग सम्बोधन गर्न सरकारलाई निर्देशन दिएका छन् ।

‘एक वर्षअघि नेपाल शिक्षक महासङ्घको नेतृत्वमा काठमाडौंमा ठूलो आन्दोलन भयो । सरकारसँग केही सहमतिहरू पनि भए । सहमतिअनुसार हामी सांसदहरूले शिक्षा ऐनमाथि संशोधनसमेत दर्ता गर्‍यौँ,’ सापकोटाले भने ।

अध्यादेशमा शिक्षकहरूको सहमतिविना पेन्सनको विषय समावेश गरेको भन्दै सापकोटाले आपत्ति जनाएका थिए । ‘एसईई परीक्षा आउन लागेको बेला शिक्षकलाई पठनपाठनको वातावरणमा लगाउनुपर्ने, तर हामीले उनीहरूलाई आन्दोलनकारी बनाउँदैछौं,’ उनले भने ।

नेपाल शिक्षक महासङ्घले आउँदो २४ गते ध्यानाकर्षण गराउन सङ्घर्षको घोषणा गरेको छ । यस सन्दर्भमा सापकोटाले भने, ‘हामीले उहाँहरूको मागमा ध्यान केन्द्रित गरेनौँ भने चरणबद्ध आन्दोलनमा जानुहुनेछ ।’

उनले थप भने, ‘शिक्षकहरूलाई मर्यादित बनाएर आफ्नो पेसामा जाने वातावरण मिलाउन सरकार र संसद्को ध्यानाकर्षण गर्दछु ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register