लेखा समितिले पतञ्जलीको फाइल पनि अख्तियार पठाउने

काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले पतञ्जली योगपीठको जग्गा सट्टापट्टामा भएको अनियमितताबारेको फाइल अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिने निर्णय गरेको छ । बिहीबार बसेको लेखा समितिको बैठकले विभिन्न निकायबाट संकलन भएका पतञ्जली सम्बन्धी फाइलबारे कुनै अध्ययन नै नगरी सिधा अख्तियार पठाउने निर्णय गरेको हो । विभिन्न निकायहरूबाट भएको सोधपुछको विवरणमा आधारित प्रतिवेदन […]

May 22, 2025 - 10:17
 0
लेखा समितिले पतञ्जलीको फाइल पनि अख्तियार पठाउने

काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले पतञ्जली योगपीठको जग्गा सट्टापट्टामा भएको अनियमितताबारेको फाइल अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिने निर्णय गरेको छ ।

बिहीबार बसेको लेखा समितिको बैठकले विभिन्न निकायबाट संकलन भएका पतञ्जली सम्बन्धी फाइलबारे कुनै अध्ययन नै नगरी सिधा अख्तियार पठाउने निर्णय गरेको हो ।

विभिन्न निकायहरूबाट भएको सोधपुछको विवरणमा आधारित प्रतिवेदन अख्तियार पठाउने निर्णय भएको सभापति ऋषिकेश पोखरेलले बताए । ‘पतञ्जलीबारे लेखा समितिमा आएको उजुरीका आधारमा विभिन्न निकायहरुबाट सोधपुछ गरी विवरणहरु मगाएका थियौं । त्यससम्बन्धी प्रतिवेदन थप अनुसन्धान र आवश्यक कारबाहीका लागि अख्तियार पठाउने निर्णय भएको हो ।’

गतवर्ष संसद्को सार्वजनिक लेखा समितिले पतञ्जली योगपीठको जग्गा सट्टापट्टामा अनियमितता भएको भनी उजुरीको छानविनका क्रममा विभिन्न निकायहरूबाट विवरण र कागजात मगाउने निर्णय गरेको थियो । पतञ्जली योगपीठको जग्गा अनियमितताबारे अनुसन्धान सकेको अख्तियारले निर्णयमा भने ढिलासुस्ती गरिरहेको छ ।

बुधबार बसेको लेखा समितिको बैठकले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारबारे अनुसन्धान अघि बढाउन अख्तियारलाई निर्देशन दिएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register