दुर्गा प्रसाईंसहित ५३ जनाविरुद्ध दुई दिन म्याद थप

काठमाडौं । काठमाडौं जिल्ला अदालतले तीनकुने घटनाका मुख्य आरोपी दुर्गा प्रसाईंसहित ५३ जनाविरुद्ध अनुसन्धानका लागि थप दुई दिन हिरासतमा राख्न अनुमति दिएको छ । उनीहरूविरुद्ध बिहीबार दुई दिनको म्याद थपिएको काठमाडौं प्रहरी परिसरमा एसपी अपिलराज बोहराले नेपालभ्युजलाई जानकारी दिए । गत १५ चैतमा काठमाडौंको तीनकुनेमा राजावादीहरूले आयोजना गरेको प्रदर्शन हिंसात्मक भएको आराेपमा प्रसाईंसहितका व्यक्तिहरू पक्राउ […]

May 22, 2025 - 12:02
 0
दुर्गा प्रसाईंसहित ५३ जनाविरुद्ध दुई दिन म्याद थप

काठमाडौं । काठमाडौं जिल्ला अदालतले तीनकुने घटनाका मुख्य आरोपी दुर्गा प्रसाईंसहित ५३ जनाविरुद्ध अनुसन्धानका लागि थप दुई दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

उनीहरूविरुद्ध बिहीबार दुई दिनको म्याद थपिएको काठमाडौं प्रहरी परिसरमा एसपी अपिलराज बोहराले नेपालभ्युजलाई जानकारी दिए ।

गत १५ चैतमा काठमाडौंको तीनकुनेमा राजावादीहरूले आयोजना गरेको प्रदर्शन हिंसात्मक भएको आराेपमा प्रसाईंसहितका व्यक्तिहरू पक्राउ परेका थिए ।

उनीहरूमाथि आपराधिक उपद्रव, राज्यविरुद्धको कसुर र संगठित अपराधको आरोप लागेको छ । यसैको थप अनुसन्धानका लागि उनीहरूको म्याद दुई दिन थपिएको हो ।

तीनकुनेको प्रदर्शन हिंसात्मक बनेपछि एक पत्रकारसहित दुई जनाको ज्यान गएको थियो भने आगजनी र लुटपाटका घटना भएका थिए ।

प्रहरीले सोही दिनदेखि केहीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रवक्ता बोहराले बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register