माओवादीले स्थानीय तहका जनप्रतिनिधिहरूको राष्ट्रिय भेला गर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थानीय तहका जनप्रतिनिधिहरूको राष्ट्रिय भेला बोलाएको छ । फागुन १० गते काठमाडौंमा स्थानीय तहबाट समाजवादको पूर्वाधार निर्माण सम्बन्धी अभिमुखीकरण कार्यक्रमसहितको राष्ट्रिय भेला आयोजना गरिएको महासचिव देव गुरुङले जानकारी दिए । माओवादीका अनुसार पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूलाई पार्टीको नीतिअनुसार प्रशिक्षित गराउने उद्देश्यले भेला गर्न लागिएको हो । भेलामा पालिकाका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष र […]

Feb 10, 2025 - 13:45
 0
माओवादीले स्थानीय तहका जनप्रतिनिधिहरूको राष्ट्रिय भेला गर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थानीय तहका जनप्रतिनिधिहरूको राष्ट्रिय भेला बोलाएको छ ।

फागुन १० गते काठमाडौंमा स्थानीय तहबाट समाजवादको पूर्वाधार निर्माण सम्बन्धी अभिमुखीकरण कार्यक्रमसहितको राष्ट्रिय भेला आयोजना गरिएको महासचिव देव गुरुङले जानकारी दिए ।

माओवादीका अनुसार पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूलाई पार्टीको नीतिअनुसार प्रशिक्षित गराउने उद्देश्यले भेला गर्न लागिएको हो ।

भेलामा पालिकाका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष र सम्बन्धित पालिकाका पार्टी अध्यक्षहरुको सहभागिता रहने बताइएको छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register