स्व.विनोद बस्नेतको स्मृतिमा वृक्षारोपण र रक्तदान हुने

बिर्तामोड, ९ जेठ । रोटरी क्लब अफ बिर्तामोडले आफ्नो स्थापना दिवसको अवसर पारेर बहु आयामिक सामाजिक व्यक्तित्व विनोद बस्नेतको स्मृतिमा वृक्षारोपण र रक्तदान शिविरको आयोजना गर्ने भएको छ । प्रत्येक वर्ष २८ मका दिन मनाइँदै आएको रोटरी चार्टर डेको अवसरमा यस वर्ष क्लबका पूर्व अध्यक्ष तथा सल्लाहकार बस्नेतको अकल्पनीय निधनले स्तब्ध रोटेरियनहरूले पृथक रुपमा मनाउने [...] The post स्व.विनोद बस्नेतको स्मृतिमा वृक्षारोपण र रक्तदान हुने appeared first on Jhapa Online.

May 23, 2025 - 03:22
 0
स्व.विनोद बस्नेतको स्मृतिमा वृक्षारोपण र रक्तदान हुने

बिर्तामोड, ९ जेठ । रोटरी क्लब अफ बिर्तामोडले आफ्नो स्थापना दिवसको अवसर पारेर बहु आयामिक सामाजिक व्यक्तित्व विनोद बस्नेतको स्मृतिमा वृक्षारोपण र रक्तदान शिविरको आयोजना गर्ने भएको छ ।

प्रत्येक वर्ष २८ मका दिन मनाइँदै आएको रोटरी चार्टर डेको अवसरमा यस वर्ष क्लबका पूर्व अध्यक्ष तथा सल्लाहकार बस्नेतको अकल्पनीय निधनले स्तब्ध रोटेरियनहरूले पृथक रुपमा मनाउने निर्णय गरिएको क्लब सेकरेटरी डा सन्ध्या राठीले जानकारी दिनुभयो ।

कार्यक्रम अन्तरगत जेठ १४ गते बिहान विराटपोखरस्थित विराट–भरत विश्रान्ती आश्रम परिसरमा विभिन्न जातका फलफूलका बिरुवा रोपण गरिने छ भने बिर्ताबजारस्थित दुर्गा मन्दिर परिसरमा स्थानीय संस्थासँगको सहकार्यमा रक्तदान कार्यक्रम गरिने क्लब प्रेसिडेन्ट सुरेशकुमार अग्रवाल ‘भद्रपुरे’ले बताउनुभयो ।

पूर्वनिर्धारित क्लबको प्रि–बोर्ड मिटिङ र पूर्व अध्यक्षको सम्मानसहितको कार्यक्रम आगामी दिनमा गर्ने गरी समय तालिका परिवर्तन गरिएको क्लबका एडमिनेस्ट्रेसन डाइरेक्टर मीनप्रकाश मैनालीले बताउनुभयो ।

The post स्व.विनोद बस्नेतको स्मृतिमा वृक्षारोपण र रक्तदान हुने appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register