बैतडी केन्द्रबिन्दु भएर भूकम्पको दुई धक्का

बैतडी, ९ जेठ । बैतडी सदरमुकाम भएर भूकम्प भएको छ । सुर्खेतस्थित भूकम्प मापन केन्द्रका प्रमुख चिन्तन तिमल्सिनाका अनुसार बैतडीको खलङ्गा केन्द्रबिन्दु भएर आज बिहान १ः४८ बजे पाँच दशमलव एक र २ः०० बजे तीन दशमलव सात रेक्टर स्केलको भूकम्प भएको हो । लगातार दुईपटक कम्पन भएपछि यहाँका स्थानीय घर बाहिर निस्केका थिए । भूकम्पको धक्का [...] The post बैतडी केन्द्रबिन्दु भएर भूकम्पको दुई धक्का appeared first on Jhapa Online.

May 23, 2025 - 03:28
 0
बैतडी केन्द्रबिन्दु भएर भूकम्पको दुई धक्का

बैतडी, ९ जेठ । बैतडी सदरमुकाम भएर भूकम्प भएको छ । सुर्खेतस्थित भूकम्प मापन केन्द्रका प्रमुख चिन्तन तिमल्सिनाका अनुसार बैतडीको खलङ्गा केन्द्रबिन्दु भएर आज बिहान १ः४८ बजे पाँच दशमलव एक र २ः०० बजे तीन दशमलव सात रेक्टर स्केलको भूकम्प भएको हो ।

लगातार दुईपटक कम्पन भएपछि यहाँका स्थानीय घर बाहिर निस्केका थिए । भूकम्पको धक्का दार्चुला, बझाङ, डडेल्धुरामा धक्का महसुस गरिएको केन्द्रका प्रमुख तिमल्सिनाले बताए ।

भूकम्पबाट भएको क्षतिको विवरण सङ्कलन कार्य भइरहेको स्थानीय जनप्रतिनिधिले जानकारी दिएका छन् । मानवीय क्षतिको विवरण प्राप्त नभए पनि केही पुराना घरहरू चर्किएको पाइएको छ ।

The post बैतडी केन्द्रबिन्दु भएर भूकम्पको दुई धक्का appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register