पत्रकार महासंघ झापाले बुझायो चार वटा पालिमा ७ बुँदे मागसहितको ज्ञापनपत्र

झापा, १२ जेठ । नेपाल पत्रकार महासंघ झापाले १५ वटै पालिकामा ज्ञापनपत्र बुझाउने अभियान अन्तरगत आज चार वटा पालिकामा ज्ञापनपत्र बुझाएको छ । महासंघले कनकाई, अर्जुनधारा, मेचीनगर नगरपालिका र कचनाकवल गाउँपालिकामा ज्ञापनपत्र बुझाएको छ । महासंघ झापाले सात बुँदे मागसहित झापाका १५ वटै स्थानीय तहहरुमा ज्ञापनपत्र बुझाउँदैछ । आज महासंघका अध्यक्ष एकराज गिरीको नेतृत्वमा शुरु [...] The post पत्रकार महासंघ झापाले बुझायो चार वटा पालिमा ७ बुँदे मागसहितको ज्ञापनपत्र appeared first on Jhapa Online.

May 26, 2025 - 16:32
 0
पत्रकार महासंघ झापाले बुझायो चार वटा पालिमा ७ बुँदे मागसहितको ज्ञापनपत्र

झापा, १२ जेठ । नेपाल पत्रकार महासंघ झापाले १५ वटै पालिकामा ज्ञापनपत्र बुझाउने अभियान अन्तरगत आज चार वटा पालिकामा ज्ञापनपत्र बुझाएको छ । महासंघले कनकाई, अर्जुनधारा, मेचीनगर नगरपालिका र कचनाकवल गाउँपालिकामा ज्ञापनपत्र बुझाएको छ । महासंघ झापाले सात बुँदे मागसहित झापाका १५ वटै स्थानीय तहहरुमा ज्ञापनपत्र बुझाउँदैछ ।

आज महासंघका अध्यक्ष एकराज गिरीको नेतृत्वमा शुरु गरिएको ज्ञापनपत्र कनकाई र अर्जुनधारा नगरका नगर प्रमुखहरुलाई बुझाइएको थियो । कनकाई नगरका नगर प्रमुख राजेन्द्रकुमार पोखरेल र अर्जुनधारा नगरका नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङ, मेचीनगरका नगर प्रमुख गोपालचन्द्र बुढाथोकी र कचनकवल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईलाई ज्ञापनपत्र हस्तान्तरण गरिएको छ ।

आज महासंघका अध्यक्ष एकराज गिरीको नेतृत्वमा कनकाई र अर्जुनधारा नगरपालिकामा ज्ञापनपत्र बुझाईको छ भने महासंघका सचिव राजु पाठकको नेतृत्वमा कचनाकवल गाउँपालिका र महासंघका कोषाध्यक्ष मुक्ति पौडेको नेतृत्वमा मेचीनगरमा ज्ञापनपत्र बुझाइएको हो ।

कनकाई नगरमा बाचन तथा सहजीकरण महासंघका उपाध्यक्ष सुव्रत न्यौपानेले गरेको कार्यक्रममा महासंघ अध्यक्ष गिरीसहित उपस्थित पत्रकारहरुले ज्ञापनपत्र हस्तान्तरण गरेका थिए । अर्जुनधारा नगरपालिकामा अर्जुनधारा प्रेस क्लबका पदाधिकारीसहित स्थानीय अग्रज पत्रकारहरुका साथमा नगर प्रमुख बलदेव र उप–प्रमुख खड्गमाया पराजुलीलाई अध्यक्ष गिरीले ज्ञापनपत्र हस्तान्तरण गरेका थिए ।

मेचीनगरमा महासंघका कोषाध्यक्ष मुक्ति पौडेलको नेतृत्वमा स्थानीय तथा अग्रज पत्रकारहरुले नगर प्रमुख गोपालचन्द्र बुढाथोकी, उप–प्रमुख मिना उप्रेती पोखरेल र प्रमुख प्रशासकीय अधिकृत अग्नि दाहाललाई ज्ञापनपत्र हस्तान्तरण गरिएको बताइएको छ ।

यता कचनाकवल गाउँपालिकामा महासंघका सचिव राजु पाठकको नेतृत्वमा ज्ञापनपत्र बुझाइएको छ । ज्ञापनपत्र बुझ्दै कनकाई नगर प्रमुख पोखरेल र अर्जुनधारा नगर प्रमुख बलदेव, मेचीनगर प्रमुख बुढाथोकी र कचनाकवल गाउँपालिका उपाध्यक्ष भट्टराईले पालिकाको स्रोत र साधनले भ्याएसम्म सञ्चार क्षेत्र तथा सञ्चार संस्थालाई सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन् ।

पछिल्लोे समय झापाका केही पालिकाले स्थानीय सञ्चारनीति निर्माण गरी पालिका भित्रका सञ्चार सस्थालाई मात्र बिज्ञापन र सेवासुविधा दिदै आएका छन् । झापामा रहेका १५ वटै पालिकालाई झापाभित्र रहेका सवै सञ्चार संस्था र पत्रकारहरु स्थानीय हुने खालको सञ्चार नीति निर्माण गरी लागू गर्नु पर्नेलगायतका मागसहित १५ वटै पालिकामा ज्ञापनपत्र बुझाउने अभियान सञ्चालन गरेको छ ।

महासंघले पालिकामा सञ्चार सम्बन्धी आवश्यक नीति तथा सबै कानूनहरु सञ्चारमैत्री रुपमा निर्माण गरी एक वर्षभित्रमा कार्यान्वयन गर्नुपर्ने, सञ्चारमाध्यमहरुको संरक्षण, सञ्चालन र विकासका लागि स्थानीय सूचना तथा विज्ञापन, लोककल्याणकारी सन्देशमूलक विज्ञापन स्थानीय ९जिल्लाभित्रका० सञ्चारमाध्यमलाई उपलब्ध गराउनु पर्ने, पालिकामा रहेका सबै सञ्चारकर्मीको यसै वर्षबाट वार्षिक नवीकरण हुने गरी स्वास्थ्य बीमा गरिदिनु पर्ने, पत्रकारको सीप, क्षमता विकास तथा मिडिया साक्षरताका लागि पर्याप्त बजेट विनियोजनका गरिदिनु पर्ने माग राखिएको छ ।

यसैगरी सञ्चारकर्मीको सामाजिक सुरक्षाका लागि नेपाल पत्रकार महासंघ झापाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषमा अनुदान सहयोग, पत्रकार महासंघको भौतिक विकास तथा सञ्चार उपकरण खरिदमा आवश्यक सहयोग प्रदान गरिदिनु पर्ने र स्थानीय सरकारका असल अभ्यास तथा विकासका महत्वपूर्ण कामहरु बारे खोजमूलक अध्ययन र लेखनवृत्ति कार्यक्रमका लागि आवश्यक बजेट विनियोजनको मागसहित महासंघले ज्ञापनपत्र बुझाएको छ ।

महासंघले आइतवार बिर्तामोड नगर, हल्दीबारी र बाह्रदशी गाउँपालिकामा ज्ञापनपत्र बुझाइसकेको छ भने आज अर्जुनधारा, कनकाई, मेचीनगर नगरपालिका र कचनाकवल गाउँपालिकामा बुझइएको अध्यक्ष गिरीले जानकारी दिए । अन्य पालिकामा भोलि बुझाइने बताइएको छ । ज्ञापनपत्र बुझाउने कार्यक्रममा महासंघका पदाधिकारी तथा सदस्यसहित सम्बन्धीत पालिकाका पत्रकारहरुको उपस्थिति रहेको थियो ।

The post पत्रकार महासंघ झापाले बुझायो चार वटा पालिमा ७ बुँदे मागसहितको ज्ञापनपत्र appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register