खानेपानीकै कारण बसाइँ सर्न थाले दगातुका बासिन्दा

बागलुङ । दश वर्षअघि बडिगाड गाउँपालिका दगातुडाँडामा प्रारम्भ भएको ‘एक घर, एक धारा’ योजना हालसम्म पूरा नहुँदा त्यहाँका तीन सय ८० परिवार काकाकुलको नियति भोग्न बाध्य छन् । दगातुनडाँडाका बासिन्दा खानेपानीकै कारण बसाइँ सर्न थालेका छन् । विसं २०४८ सालमा ल्याइएको खानेपानीको सार्वजनिक धारामार्फत सात सय घरपरिवार लाभान्वित गाउँमा २०७२ सालमा सोही खानेपानी मुहानमा तीन […]

May 23, 2025 - 03:21
 0
खानेपानीकै कारण बसाइँ सर्न थाले दगातुका बासिन्दा

बागलुङ । दश वर्षअघि बडिगाड गाउँपालिका दगातुडाँडामा प्रारम्भ भएको ‘एक घर, एक धारा’ योजना हालसम्म पूरा नहुँदा त्यहाँका तीन सय ८० परिवार काकाकुलको नियति भोग्न बाध्य छन् ।

दगातुनडाँडाका बासिन्दा खानेपानीकै कारण बसाइँ सर्न थालेका छन् । विसं २०४८ सालमा ल्याइएको खानेपानीको सार्वजनिक धारामार्फत सात सय घरपरिवार लाभान्वित गाउँमा २०७२ सालमा सोही खानेपानी मुहानमा तीन सय ८० घरलाई धारा पुर्याउन नयाँ योजना थालिएको थियो ।

पच्चीस वर्ष पुरानो योजना जीर्ण बनेपछि ‘एक घर, एक धारा’ निर्माण प्रारम्भ भए पनि १० वर्षमा पनि पूरा नभएपछि स्थानीय आक्रोशित छन् ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयबाट नयाँ योजनामार्फत तीन सय ८० घरलाई खानेपानी पुर्याउने प्रयास प्रारम्भ भए पनि बजेट अभावमा १० वर्ष बित्दा पनि योजना पूरा नभएको हो । खानेपानी अभावमा स्थानीय बसाइँ हिँड्न थालेको दतातुन्डाँडाका पूर्वप्रधानपञ्च प्रेमलाल सापकोटाले बताए ।

“तारेभिरको मुहानको खानेपानी १३ किलोमिटर तलको गाउँमा आएपछि दगातुन्डाँडावासीलाई २०४८ सालमा राहत मिलेको थियो, तर योजना २५ वर्ष पुरानो भएपछि ‘एक घर, एक धारा’ योजना ल्याइएको थियो । उक्त योजना थालेको १० वर्षसम्म पूरा भएन”, पूर्वप्रधानपञ्च सापकोटाले भने ।

स्थानीयको मागअनुसार वडाभर नै एक घर, एक धारा निर्माणका लागि योजना २०७२ सालमा थाले पनि बजेट अभावमा खानेपानी योजना अपूरै रहँदा समस्या भएको स्थानीय भीमलाल पोखरलले बताए।

दुर्लुङ, रायाँ, हमेल, नौतुवा, बेतनी, भट्टनी, थान, ढाँड, प्यालपोखरी, तुन्डाँडा, दगाको सबै गाउँ, जिमी, टुटीफेद र गहते गाउँका स्थानीयका तीन सय ८० घरमध्ये अहिले सम्म एक सय ६७ घरमा मात्र धारा पुगेको र पानी वितरणमा ढिलाइ भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका इञ्जिनियर सुदीप आचार्यले जानकारी दिए ।

स्थानीयको श्रमदानसहित रु पाँच करोड लागत अनुमान गरिएको तारेभिर खानेपानी आयोजनामा हालसम्म रु दुई करोड ४५ लाख बजेट खर्च भइसकेको छ । आव २०७२÷७३ देखि सुरु भएको योजनामा हालसम्म आठ वटा पानी सङ्कलन ट्याङ्की, १३ किलोमिटर मुख्य पाइपलाइन, आठ किमी वितरण पाइपलाइन तयार भएको इञ्जिनियर आचार्यले बताए ।

चालु आवमा एक सय ३५ घरमा धारा जडान गर्ने र तीन सय ८० घरमध्ये दुई सय ३५ घरमा पानी आपूर्ति गरिने उनले बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register