झापाको मेचीनगरबाट तामाको तार चोरी गर्ने दुई भारतीय युवा पक्राउ

झापा, ९ जेठ । झापाको मेचीनगर नगरपालिकामा टेलिकमको तामाको तार चोरीमा संलग्न दुई जना भारतीय युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत दार्जिलिङ पानिटयाङकीका २७ वर्षीय तापच बरमन र सोही स्थानका २२ वर्षीय अमित सरकार रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्र खड्काले जानकारी दिनुभयो । मेचीनगर–७, ५ नम्बर पोष्टमा [...] The post झापाको मेचीनगरबाट तामाको तार चोरी गर्ने दुई भारतीय युवा पक्राउ appeared first on Jhapa Online.

May 23, 2025 - 04:09
 0
झापाको मेचीनगरबाट तामाको तार चोरी गर्ने दुई भारतीय युवा पक्राउ

झापा, ९ जेठ । झापाको मेचीनगर नगरपालिकामा टेलिकमको तामाको तार चोरीमा संलग्न दुई जना भारतीय युवालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत दार्जिलिङ पानिटयाङकीका २७ वर्षीय तापच बरमन र सोही स्थानका २२ वर्षीय अमित सरकार रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्र खड्काले जानकारी दिनुभयो ।

मेचीनगर–७, ५ नम्बर पोष्टमा रहेको चिया बगानमा प्रहरी चौकी सतिघट्टाबाट डिउटीमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उनीहरुमाथि शंका लागेर चेकजाँच गर्दा चार मुठा तामाको तार फेला पारेको प्रवक्ता खड्काले बताउनुभयो ।

तौल गर्दा एक सय केजी रहेको तारको मूल्य करिब रू ८० हजार पर्ने जनाइएको छ । उनीहरुले मेचीनगर–१३ स्थित चारआली आसपासबाट तार चोरी गरेको स्वीकार गरेका छन् ।

नेपाल टेलिकम धुलाबारी शाखाले समेत बिजुलीको पोलमा जडान गरिएको कपर नेटवर्कको तार चोरी भएको निवेदन दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पाँच दिन म्याद थप गरी पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

The post झापाको मेचीनगरबाट तामाको तार चोरी गर्ने दुई भारतीय युवा पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register