नेविसङ्घ कार्यकर्ताद्वारा मोरङ क्याम्पसमा आगजनी तथा तालाबन्दी

शशिधर पराजुलीविराटनगर, २८ फागुन । महेन्द्र मोरङ बहुमुखी क्याम्पस विराटनगरमा नेपाल विद्यार्थी सङ्घका कार्यकर्ताहरूले तोडफोड गरी निर्वाचन कार्यालयमा आगो लगाएका छन् । उनीहरूले निर्वाचन अधिकृत सुशील अधिकारीलाई कोठामै थुनेर आगजनी गरेका थिए । निर्वाचन अधिकृतलाई कोठामा थुनेर आगो झोसेर बाहिरिएको विद्यार्थी समूहले उक्त कार्यालय कक्षमा तालाबन्दी गरिदिएका थिए । पछि प्रहरीले ताला फोडेर निर्वाचन अधिकृत [...] The post नेविसङ्घ कार्यकर्ताद्वारा मोरङ क्याम्पसमा आगजनी तथा तालाबन्दी appeared first on Jhapa Online.

Mar 12, 2025 - 10:07
 0
नेविसङ्घ कार्यकर्ताद्वारा मोरङ क्याम्पसमा आगजनी तथा तालाबन्दी

शशिधर पराजुली
विराटनगर, २८ फागुन ।
महेन्द्र मोरङ बहुमुखी क्याम्पस विराटनगरमा नेपाल विद्यार्थी सङ्घका कार्यकर्ताहरूले तोडफोड गरी निर्वाचन कार्यालयमा आगो लगाएका छन् । उनीहरूले निर्वाचन अधिकृत सुशील अधिकारीलाई कोठामै थुनेर आगजनी गरेका थिए ।

निर्वाचन अधिकृतलाई कोठामा थुनेर आगो झोसेर बाहिरिएको विद्यार्थी समूहले उक्त कार्यालय कक्षमा तालाबन्दी गरिदिएका थिए । पछि प्रहरीले ताला फोडेर निर्वाचन अधिकृत अधिकारीलाई बाहिर निकालेको थियो ।

नेपाल विद्यार्थी सङ्घको तर्फबाट दुई फरक प्यानलले उम्मेदवारी दर्ता गराएको र निर्वाचन समितिले गलत पक्षलाई आधिकारिकता प्रदान गरेको भन्दै डा। शेखर कोइराला पक्षधर कार्यकर्ताहरूले स्ववियु निर्वाचन प्रयोजनका लागि स्थापना गरिएको कार्यालयमा तोडफोड र आगजनी गरेका हुन् ।

स्वतन्त्र विधार्थी युनियन ९स्ववियु० निर्वाचनमा नेविसङ्घका दुई खेमाले अलग अलग मनोनयन दर्ता गरेपछि आधिकारिकताको विवाद भएको हो ।

महेन्द्र मोरङ क्याम्पसमा नेता डा। शेखर कोइराला पक्षबाट योगराज दाहाल र संस्थापन पक्षबाट प्रज्वलजङ्ग विष्टको प्यानल दर्ता भएको थियो । तर कोइराला पक्षको खेमालाई निर्वाचन समितिले स्वतन्त्र नामबाट नामावली प्रकाशन गरिदिएपछि आक्रोशित विधार्थीले बुधबार निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरेका हुन् ।

नेविसङ्घ मोरङमा दुई सभापति छन् । केन्द्रले परिपत्र गरी छुट्टै जिल्ला सभापति तोकिदिएको र मनोनयनका क्रममा पनि दुई फरक पत्र दिइएकोले निर्वाचन समितिले प्रज्जवल विष्ट समूहलाई नेविसङ्घको आधिकारिकता दिएको थियो । विष्ट संस्थापन (देउवा) पक्षका उम्मेदवार हुन् ।

स्ववियु निर्वाचनका लागि दल दर्ता गर्नु केही दिनअघि नेविसङ्घका दुई समूहबिच विवाद भई आपसमै कुटाकुट गरेका थिए । उक्त घटनापछि जिल्लामा नेविसङ्घ विभाजित छ ।

असन्तुष्ट विद्यार्थीहरूले मध्यरातमा निर्वाचन समितिले स्वतन्त्र उल्लेख गरी डा. शेखर कोइराला पक्षका उम्मेदवारहरूलाई स्वतन्त्र उम्मेदवारको हैसियत कायम गरिदिएपछि विवाद बढेको हो ।

मोरङ क्याम्पस विवादमने विष्नयान नेविसङ्घ केन्द्रीय सदस्य एरिका ढकालले केन्द्रले तोकिदिएको प्रतिनिधिको रोहवरमा मनोनयन दर्ता नगर्ने समूहलाई स्वतन्त्र करार गरिएको बताउनुभयो ।

यसैगरी, आधिकारिकताको विवाद झिक्दै विराटनगरकै स्नातकोत्तर क्याम्पसमा पनि नेकपा (एमाले( निकट अनेरास्ववियुले तालाबन्दी गरेको छ । यी दुवै कलेजमा प्रमुख दलहरू निकटका विद्यार्थी सङ्गठनहरूले उम्मेदवारी दिएका छन् । स्नातकोत्तर क्याम्पसमा अनेरास्ववियुको दुई समूहले उम्मेदवारी दिएको छ भने महेन्द्र मोरङ बहुमुखी क्याम्पसमा नेविसङ्घको तर्फबाट दुई प्यानल दर्ता भएको छ ।

The post नेविसङ्घ कार्यकर्ताद्वारा मोरङ क्याम्पसमा आगजनी तथा तालाबन्दी appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register