५४ लाख बराबरको सामान राजश्व कार्यालय पथलैयामा बुझाइयो

काठमाडौं । बारा प्रहरीले ५४ लाख ३५ हजार बराबरको सामान राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको छ । इलाका प्रहरी कार्यालय जीतपुरबाट खटिएको गस्ती टोलीले शुक्रबार बिहान ना ५ ख ६७४७ नम्बरको ट्रकलाई चेकजाँच गर्दा अवैध सामान बरामद गरेको हो । प्रहरी सहायक निरीक्षक राजन शिवाकोटीका अनुसार जीतपुर सिमरा उपमहानगरपालिका वडा नं.७ जीतपुरस्थित कार्यालय अगाडि चेक […]

May 23, 2025 - 11:56
 0
५४ लाख बराबरको सामान राजश्व कार्यालय पथलैयामा बुझाइयो

काठमाडौं । बारा प्रहरीले ५४ लाख ३५ हजार बराबरको सामान राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको छ ।

इलाका प्रहरी कार्यालय जीतपुरबाट खटिएको गस्ती टोलीले शुक्रबार बिहान ना ५ ख ६७४७ नम्बरको ट्रकलाई चेकजाँच गर्दा अवैध सामान बरामद गरेको हो ।

प्रहरी सहायक निरीक्षक राजन शिवाकोटीका अनुसार जीतपुर सिमरा उपमहानगरपालिका वडा नं.७ जीतपुरस्थित कार्यालय अगाडि चेक पोवाईन्टमा ट्रकलाई रोकी चेकजाँच गर्दा बिल बिजकभन्दा बढी सामान रहेको पाइएको छ । वीरगञ्जबाट रुपन्देही जाँदै गरेको उक्त सामानको स्रोत खुलाउन नसकेकाले बरामद गरिएको उनको भनाइ छ ।

उक्त ट्रकमा ५४ लाख ३५ हजार २ सय ७८ रूपैयाँ बराबरको कपडा, लङ, धागो, चप्पललगायत अन्य खुद्रा सामानहरु रहेको शिवाकोटीले जानकारी दिए ।

सामानसहित नियन्त्रणमा लिइएको ट्रकलाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको बारा प्रहरीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register