सामाजिक सञ्जालमा न्यायाधीशको मानमर्दन हुने टिप्पणी नगर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले न्यायाधीशहरूको मानमर्दन हुने टिप्पणी सामाजिक सञ्जालमा नगर्न आदेश जारी गरेको छ । रास्वपा सभापति रवि लामिछानेको सहकारी गठीबारे उच्च अदालत तुलसीपुर बुटवल इजलासले गरेको आदेशविरुद्ध परेको निवेदनमाथि आदेश गर्दा सर्वोच्चले सामाजिक सञ्जालमा भएको टिप्पणीबारे पनि ध्यानाकर्षण भएको जनाएको छ । सर्वोच्चका न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकाललको इजलासले लामिछानेलाई पुर्पक्षका लागि […]

May 23, 2025 - 17:12
 0
सामाजिक सञ्जालमा न्यायाधीशको मानमर्दन हुने टिप्पणी नगर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले न्यायाधीशहरूको मानमर्दन हुने टिप्पणी सामाजिक सञ्जालमा नगर्न आदेश जारी गरेको छ । रास्वपा सभापति रवि लामिछानेको सहकारी गठीबारे उच्च अदालत तुलसीपुर बुटवल इजलासले गरेको आदेशविरुद्ध परेको निवेदनमाथि आदेश गर्दा सर्वोच्चले सामाजिक सञ्जालमा भएको टिप्पणीबारे पनि ध्यानाकर्षण भएको जनाएको छ ।

सर्वोच्चका न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकाललको इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्ने उच्चको आदेश सदर गरेको छ ।

पुर्पक्षका लागि थुनामा पठाउने आदेश गर्ने न्यायाधीशविरुद्ध सामाजिक सञ्जालमा टिप्पणी भएको विषय इजलासमा उठेको भन्दै सर्वोच्चले आदेशमा भनेको छ, ‘अदालतबाट भएका आदेश एवम् फैसलाहरू उपर स्वच्छ र रचनात्मक टिप्पणीहरू सदैव अपेक्षित नै हुने भए तापनि नियोजित ढङ्गले न्यायाधीशहरुको मानमर्दन गर्ने र जनमानसमा भ्रमपूर्ण सन्देश प्रवाह गर्ने प्रकृतिका क्रियाकलापबाट न्याय सम्पादनको कार्यमा अनपेक्षित अवरोध हुन जाने भएकाले त्यसतर्फ समवेदनशील रहन सबैपक्षका लागि यो आदेश जारी गरिएको छ ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register