झापाको दमकमा एम्बुलेन्स दुर्घटना, ५ जना घाइते

विष्णुप्रसाद पोखरेलदमक, ६ चैत । झापाको दमकमा बुधवार बिहान बिरामी बोकेको एम्बुलेन्स दुर्घटना भएको छ । एम्बुलेन्स दुर्घटनामा परेर पाँच जना गम्भीर घाइते बनेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दमकको मुख्य चोक नजिकै पूर्वपश्चिम लोक मार्ग अन्तर्गत दमक ५ गोर्खा डिपार्टमेन्ट अगाडी सडकमा राखिएको डिभाइडरमा ठोक्किएर मनमोहन मेमोरियल सामुदायिक अस्पतालको प्र १–०१–००२ च [...] The post झापाको दमकमा एम्बुलेन्स दुर्घटना, ५ जना घाइते appeared first on Jhapa Online.

Mar 19, 2025 - 06:30
 0
झापाको दमकमा एम्बुलेन्स दुर्घटना, ५ जना घाइते

विष्णुप्रसाद पोखरेल
दमक, ६ चैत ।
झापाको दमकमा बुधवार बिहान बिरामी बोकेको एम्बुलेन्स दुर्घटना भएको छ । एम्बुलेन्स दुर्घटनामा परेर पाँच जना गम्भीर घाइते बनेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

दमकको मुख्य चोक नजिकै पूर्वपश्चिम लोक मार्ग अन्तर्गत दमक ५ गोर्खा डिपार्टमेन्ट अगाडी सडकमा राखिएको डिभाइडरमा ठोक्किएर मनमोहन मेमोरियल सामुदायिक अस्पतालको प्र १–०१–००२ च ०११५ नम्बरको एम्बुलेन्स दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मनमोहन मेमोरियल सामुदायिक अस्पताल बिर्तामोडबाट बिरामी लिएर विराटनगर तर्फ जाँदै गर्दा बुधवार बिहान १ बजे दुर्घटना भएको हो ।

दुर्घटनामा परेर एम्बुलेन्समा सवार अर्जुनधारा नगरपालिका वडा नम्बर १० का २० वर्षीय विशाल लिम्बु, २३ वर्षीया वर्षा लिम्बु , सोही ठाउँकी १९ वर्षीया आरजु राई, सोही ठाउँकी ५१ वर्षीया मिना लिम्बु , २१ वर्षीय अन्जेश लिम्बु र एम्बुलेन्स चालक बिर्तामोड ५ का ३५ वर्षीय कमल अधिकारी घाइते बन्नु भएको छ ।

The post झापाको दमकमा एम्बुलेन्स दुर्घटना, ५ जना घाइते appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register