गृहमन्त्रीलाई शेखरको सुझाव – राजीनामा दिएर छानबिनमा सघाउनुस्

काठमाडौं । नेपाली काङ्ग्रेसका नेता शेखर कोइरालाले गृहमन्त्री रमेश लेखकलाई पदबाट राजीनामा दिन सुझाएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभागमा भएको भ्रष्टाचारका विषयमा कुरा उठिसकेपछि नैतिकताको आधारमा लेखकले राजीनामा दिनु उपयुक्त हुने उनको सुझाव छ । शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले भने, “नैतिकताको हिसाब म क्लिन छु । मैले राजीनामा गरेँ । छानबिन […]

May 24, 2025 - 08:20
 0
गृहमन्त्रीलाई शेखरको सुझाव – राजीनामा दिएर छानबिनमा सघाउनुस्

काठमाडौं । नेपाली काङ्ग्रेसका नेता शेखर कोइरालाले गृहमन्त्री रमेश लेखकलाई पदबाट राजीनामा दिन सुझाएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभागमा भएको भ्रष्टाचारका विषयमा कुरा उठिसकेपछि नैतिकताको आधारमा लेखकले राजीनामा दिनु उपयुक्त हुने उनको सुझाव छ ।

शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले भने, “नैतिकताको हिसाब म क्लिन छु । मैले राजीनामा गरेँ । छानबिन समिति बनाउनुस् । अनुसन्धान गर्नुस् भने भैहाल्यो नि ।”

विगतमा पनि केही मन्त्रीहरूले राजीनामा दिएर छानबिनमा सघाएको र लेखकले राजीनामा दिँदा उनकै नैतिकतामा सघाउ उनको भनाइ छ ।

अध्यागमनको सेटिङमा मानव तस्करी, त्यसबाट दैनिक ५० लाखसम्म असुली र गृहमन्त्रीको सचिवालय नै त्यसको सेटिङमा संलग्न भएको बताइएको छ । यस प्रकरणमा गृहमन्त्रीको स्वकीय सचिवालयमा रहेका गणेश ओझादेखि जनक भट्टसम्मको नाम मुछिएको छ ।

सादगीबाट दागी बनेका रमेश लेखक

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register