अटेन्सन सीकर : ध्यान खोज्ने बहाना कि मानसिक समस्या ?

काठमाडौं । तपाईंको वरिपरि केही व्यक्तिहरू हुन्छन्, हरेक कुरामा ध्यान चाहिन्छ । उनीहरूले आफ्नो व्यवहारमार्फत तपाईंको ध्यान तान्ने प्रयास गर्छन् । अत्यधिक ध्यान खोज्ने व्यवहारलाई मनोविज्ञानमा अटेन्सन सीकिङ बिहेभियर (Attention-seeking-behavior) भनिन्छ । यसका कारणहरूमा असुरक्षा, आत्मविश्वासको कमी, र मानसिक स्वास्थ्य समस्याहरू समावेश छन् । यस्ता व्यक्तिलाई कसरी चिन्ने र यो किन हुन्छ यसबारे जानौँ । […]

May 24, 2025 - 12:47
 0
अटेन्सन सीकर : ध्यान खोज्ने बहाना कि मानसिक समस्या ?

काठमाडौं । तपाईंको वरिपरि केही व्यक्तिहरू हुन्छन्, हरेक कुरामा ध्यान चाहिन्छ । उनीहरूले आफ्नो व्यवहारमार्फत तपाईंको ध्यान तान्ने प्रयास गर्छन् ।

अत्यधिक ध्यान खोज्ने व्यवहारलाई मनोविज्ञानमा अटेन्सन सीकिङ बिहेभियर (Attention-seeking-behavior) भनिन्छ । यसका कारणहरूमा असुरक्षा, आत्मविश्वासको कमी, र मानसिक स्वास्थ्य समस्याहरू समावेश छन् । यस्ता व्यक्तिलाई कसरी चिन्ने र यो किन हुन्छ यसबारे जानौँ ।

ध्यान तान्न व्यक्तिले देखाउने व्यवहार 

असहाय हुने नाटक 

यो ध्यान तान्ने सबैभन्दा सजिलो तरिका हो । अरूको मद्दत खोज्न र ध्यान आफूतिर तान्नको लागि यस्ता व्यक्ति जुन कामहरू उनीहरू गर्न सक्षम छन्, त्यसमा पनि असहायता देखाउँछन् ।

विवादमा अग्रसर हुने

भिडभाड भएका ठाउँहरूमा विवाद गरेर मानिसहरूको ध्यान आफूतिर आकर्षित गर्ने कोसिस गर्छन् । जब वरिपरि धेरै मानिसहरू हुन्छन्, तब उनीहरू बेकारमा हल्ला गर्छन् र सबैको केन्द्रमा रहन चाहन्छन् ।

सधैँ सहानुभूति चाहने

परिवारका सदस्यहरूले सहानुभूति पाउनको लागि उनीहरु सानो चोटलाई पनि ठूलो पीडा बनाएर प्रस्तुत गर्छन् । पर्स वा जुत्ता हराउने जस्तो सामान्य कुरामा पनि ठूलो समस्या बनाउँछन् र सबैको ध्यान आफूतिर तान्छन् ।

प्रशंसा सुन्न मन पराउने

प्रशंसा सुन्न कसलाई मन पर्दैन, तर कोही व्यक्ति आफ्नो अत्यधिक मात्रामा प्रशंसा सुन्न चाहन्छन् । यस्तो व्यवहारले देखाउँछ उनीहरू असुरक्षाबाट गुज्रिएको देखाउँछ ।

झूटो कथाहरू बनाउने

ध्यान पाउनका लागि यी मानिसहरू झूटो कथाहरू बनाउनबाट पनि पछि हट्दैनन् । यस्ता कथाहरूले मानिसहरूको ध्यान आफूतिर तान्छन् ।यी विकारहरू बाल्यकालका अनुभवहरू, जस्तै – अत्यधिक प्रशंसा वा उपेक्षा, र पारिवारिक सम्बन्धका कारण उत्पन्न हुन सक्छन् ।

कारण

मानसिक स्वास्थ्यसम्बन्धी अनुसन्धानहरूले देखाएका छन् कि यस्ता व्यवहार प्रायः नार्सिसिस्टिक पर्सनालिटी डिसअर्डर (Narcissistic-Personality-Disorder) र हिस्टेरियोनिक पर्सनालिटी डिसअर्डर (Histrionic-personality-disorder) भएका व्यक्तिहरूमा देखिन्छ ।

एनपीडी (Narcissistic-Personality-Disorder) भएका व्यक्तिहरू आफूलाई अत्यधिक महत्त्वपूर्ण सम्झन्छन् र सधैँ प्रशंसा तथा ध्यानको खोजीमा रहन्छन् । उनीहरूमा सहानुभूतिको अभाव पनि देखिन्छ । एचपीडी (Histrionic-personality-disorder) भएका व्यक्तिहरू भने बढी नाटकपूर्ण व्यवहार गरेर अरूको सहानुभूति वा ध्यान तान्न खोज्छन् ।

वैज्ञानिक अनुसन्धान के भन्छ ?

अमेरिकाको नेसनल लाइब्रेरी अफ मेडिसिनमा प्रकाशित एक अध्ययनले देखाएको छ कि बाल्यकालमा अत्यधिक प्रशंसा वा उपेक्षा झेल्ने बालबालिकामा बिस्तारै यस्ता व्यक्तित्व विकारहरू देखिन थाल्छन् ।

के गर्ने ?

  • थेरापिस्टको सहयोग लिनुहोस् ।
  • आफ्नो व्यवहारलाई नोट गर्नुहोस् ।
  • आत्मविश्वास बढाउने प्रयास गर्नुहोस् वा कसैको मद्दत लिनुहोस् ।

कसरी बच्ने ?

यदि तपाईंको वरिपरि पनि यस्ता व्यक्तिहरू छन् भने, उनीहरूलाई आफ्नो सीमा बताउनुहोस् । यसले उनीहरूलाई अनावश्यक ध्यान मागिरहेको महसुस गराउनेछ । उनीहरूसँग कुरा गर्नु पनि एउटा समाधान हुन सक्छ ।

यस्ता व्यक्तिहरूलाई बुझ्नु पनि आवश्यक छ, किनकि कहिलेकाहीँ यस्तो व्यवहारको पछाडि धेरै गहिरा कारणहरू हुन सक्छन् । कहिलेकाहीँ उनीहरूलाई कुनै मानसिक समस्या भएको पनि हुन सक्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register