त्रिकोणात्मक टी-२० सिरिज : थाइल्याण्डको टोली घोषणा
काठमाडौं। नेपालमा हुने त्रिकोणात्मक टी-२० आई सिरिज खेल्ने थाइल्याण्डको टोलीको घोषणा भएको छ । थाइल्याण्ड क्रिकेट सङ्घले १४ सदस्यीय टोलीको घोषणा गरेको हो । त्रिकोणात्मक सिरिज टीयू क्रिकेट मैदानमा बिहीबारदेखि सुरु हुँदैछ । सिरिजमा नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । यू–१९ की कप्तान पूजाको सिनियर राष्ट्रिय टोलीमा पुनरागमन थाइल्याण्डको पहिलो खेल ३१ जनवरीका दिन […]

काठमाडौं। नेपालमा हुने त्रिकोणात्मक टी-२० आई सिरिज खेल्ने थाइल्याण्डको टोलीको घोषणा भएको छ ।
थाइल्याण्ड क्रिकेट सङ्घले १४ सदस्यीय टोलीको घोषणा गरेको हो ।
त्रिकोणात्मक सिरिज टीयू क्रिकेट मैदानमा बिहीबारदेखि सुरु हुँदैछ ।
सिरिजमा नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्डबीच प्रतिस्पर्धा हुनेछ ।
यू–१९ की कप्तान पूजाको सिनियर राष्ट्रिय टोलीमा पुनरागमन
थाइल्याण्डको पहिलो खेल ३१ जनवरीका दिन नेदरल्याण्ड्ससँग हुनेछ ।
सिरिजमा सहभागी टोलीले एकअर्कासँग ३ खेल खेल्नेछन् । लिग चरणको अङ्क तालिकाको शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ ।
थाइल्याण्ड टोली –
थाकन चान्थम, नान्नापत खोन्चरोएन्क, अफिसारा सुवान्चोनरथी, नारुइमोल चाइवाई, नाट्टाया बुचाथम, नाचानिदा सुत्थीरुआङ्ग, ओनिचा कामचोम्फु, रोसेनी कानोह, सुलेपोर्न लाओमी, थिपचा पुत्थावोंग, सुवानान खियाओतो, फन्नीता माया, सुनिदा चतुरोंगरत्न र नान्नाफाट चैहान ।
What's Your Reaction?






