माधव र वामदेवबिच भएको छलफल सकारात्मक, १५ दिनभित्र एकता टुङ्ग्याउने समझदारी

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेवबिच १५ दिनभित्र एकता टुङ्ग्याउने समझदारी भएको छ । बुधबार एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा नेता नेपाल र गौतमबीच भएको छलफलमा सो समझदारी भएको हो । नेपालसँगको छलफलपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै गौतमले एकताका लागि दुई नेता एकजुट भएको दाबी गरे […]

Jan 1, 2025 - 11:11
 0
माधव र वामदेवबिच भएको छलफल सकारात्मक, १५ दिनभित्र एकता टुङ्ग्याउने समझदारी

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेवबिच १५ दिनभित्र एकता टुङ्ग्याउने समझदारी भएको छ ।

बुधबार एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा नेता नेपाल र गौतमबीच भएको छलफलमा सो समझदारी भएको हो ।

नेपालसँगको छलफलपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै गौतमले एकताका लागि दुई नेता एकजुट भएको दाबी गरे ।

एकताबारे केही दिनमै सञ्चारमाध्यमलाई जानकारी दिने बताए । स्रोतका अनुसार छलफल सकारात्मक भएको छ । १५ दिनभित्र एकता टुङ्ग्याउने समझदारी छ ।

बैठकमा सङ्गठनात्मक भन्दा पनि बढी राजनीति, सैद्धान्तिक पक्षबिच छलफल भएको एकीकृत समाजवादीका उपाध्यक्ष जगन्नाथ खतिवडाले जानकारी दिए ।

वामदेवले पार्टीको एजेन्डामा पूर्ण समानुपातिक निर्वाचित प्रणालीमा जानुपर्ने प्रस्ताव राखेका बताइएको छ । प्रस्तावलाई सकारात्मक रूपमा लिँदै नेता नेपालले यस विषयमा थप छलफल गर्दै जाने बताएका छन् ।

वामदेवलाई पार्टीभित्र तेस्रो मर्यादामा दिने गरी सहमति भइसकेको भन्दै बाँकी नेताको व्यवस्थापनका लागि अर्को बैठकमा छलफल गर्ने खतिवडाले जानकारी दिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register