‘डाक्टर गभर्नरप्रति सेयर लगानीकर्ताको अपेक्षा धेरै छ, थोरै सम्बोधन भए पनि बजार जाने माथि नै हो’- मनिष अर्याल 

काठमाडौँ । सिटिजन्स ब्रोकर (ब्रोकर नम्बर ९१) मा प्रमुख कार्यकारी अधिकृत मनिष अर्यालले राष्ट्र बैंकमा पिएचडी गरेको व्यक्ति गभर्नर हुँदा सेयर लगानीकर्ता खुसी भएको बताएका छन् । नयाँ गभर्नरको विषयमा प्रतिक्रिया दिँदै अर्यालले यस्तो बताएका हुन् । उनले अहिले राष्ट्र बैंकले विज्ञ व्यक्ति गभर्नर पाएको बताएका छन् । विज्ञता अनुसार नै काम गर्न सके डा. […]

May 25, 2025 - 04:20
 0
‘डाक्टर गभर्नरप्रति सेयर लगानीकर्ताको अपेक्षा धेरै छ, थोरै सम्बोधन भए पनि बजार जाने माथि नै हो’- मनिष अर्याल 

काठमाडौँ । सिटिजन्स ब्रोकर (ब्रोकर नम्बर ९१) मा प्रमुख कार्यकारी अधिकृत मनिष अर्यालले राष्ट्र बैंकमा पिएचडी गरेको व्यक्ति गभर्नर हुँदा सेयर लगानीकर्ता खुसी भएको बताएका छन् । नयाँ गभर्नरको विषयमा प्रतिक्रिया दिँदै अर्यालले यस्तो बताएका हुन् ।

उनले अहिले राष्ट्र बैंकले विज्ञ व्यक्ति गभर्नर पाएको बताएका छन् । विज्ञता अनुसार नै काम गर्न सके डा. विश्वनाथ पौडेलको गभर्नरको कार्यकाल स्वर्णिम बन्न सक्ने अर्यालको भनाई छ । 

‘डा. विश्व पौडेल गभर्नरका लागि सक्षम अनुहार हो । उहाँ गभर्नर बन्दा सेयर लगानीकर्ताहरु पनि उत्साहित छन् ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै अर्यालले भने, ‘अब अर्थतन्त्रसँगै सेयर बजार पनि चलायमान हुने नीति आउँछ भन्ने अपेक्षा छ ।’

त्यस्तै, अर्यालले अब सेयर धितो कर्जामा लगाइएको क्याप हटाउनुपर्ने सुझाव समेत दिएका छन् । उनले हाल बैंक तथा वित्तीय संस्थामा पैसा थुप्रिएकाले बैंक तथा वित्तीय संस्थामा थुप्रिएर बसेको पैसा चलायमान बनाउने र सेयर बजारमा पैसा आउनेगरी बाटो खुला गर्ने नीति लिनुपर्नेमा जोड दिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register