बेलायतमा अभ्यास खेलमा व्यस्त छ नेपाली क्रिकेट टोली

लन्डन । यतिखेर बेलायतमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा जित हासिल गरिरहेको छ । यसअघि टी–२० अभ्यास खेलमा कार्डिफको न्यूपोर्ट क्रिकेट क्लब र एमसिसीविरूद्ध जित निकालेको नेपालले बिहीबार ग्लोस्टरसायरलाई ७३ रनले पराजित गरयो । नेपालले दिएको १९५ रनको लक्ष्य पछ्याएको ग्लोस्टरसायर १७.३ ओभरमा १२१ रनमै अलआउट भयो । उसका लागि मात्राभर्सले सवैभन्दा बढी […]

May 25, 2025 - 07:58
 0
बेलायतमा अभ्यास खेलमा व्यस्त छ नेपाली क्रिकेट टोली

लन्डन । यतिखेर बेलायतमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा जित हासिल गरिरहेको छ ।

यसअघि टी–२० अभ्यास खेलमा कार्डिफको न्यूपोर्ट क्रिकेट क्लब र एमसिसीविरूद्ध जित निकालेको नेपालले बिहीबार ग्लोस्टरसायरलाई ७३ रनले पराजित गरयो ।

नेपालले दिएको १९५ रनको लक्ष्य पछ्याएको ग्लोस्टरसायर १७.३ ओभरमा १२१ रनमै अलआउट भयो । उसका लागि मात्राभर्सले सवैभन्दा बढी ३७ रन जोडे। बलिङमा नेपालका सन्दीप लामिछानले, नन्दन यादव र बसिर अहमदले २–२ विकेट लिन सफल भए।

टस जितेको ग्लोस्टरसायरले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले ६ विकेटको क्षतिमा १९४ रन बनायो। नेपालका लागि कुशल भुर्तेलले ४६ रन बनाउने क्रममा ३० बलमा ६ चौका र २ छक्का प्रहार गर्न सफल भए।

रोहित पौडेलले ३५ रन बनाउँदा दिपेन्द्रसिंह ऐरीले ३२ र अनिल साहले २९ रन बनाउन सफल भए।

इंग्ल्यान्डमा स्थानीय क्रिकेट क्लब र एमसिसीसँग अभ्यास खेलसँगै ट्रेनिङ क्याम्पमा रहने नेपाली टिम स्कटल्यान्ड गएपछि स्कटल्यान्ड ए टोलीसँग दुई वटा अभ्यास खेल्नेछ।

नेपालले लिग–२ अघि कुल ६ वटा अभ्यास खेल खेल्ने कार्यक्रम छ । लिग–२ मा नेपालले स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग त्रिकोणात्मक सिरिज खेलेपछि यिनै टोलीसँग टी–२० सिरिज पनि खेल्ने जनाइएको छ ।

लिग–२ को खेल जेठ १९ देखि हुनेछ भने टी–२० सिरिज असार २ देखि सुरु हुनेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register